शुक्रबार, बैशाख ७, २०८१

सकियो भक्तपुरको बिस्का अर्थात बिस्केट जात्रा

भक्तपुर बैशाख ५,  भक्तपुरमा ८ रात ९ दिनसम्म मनाइने प्रसिद्ध बिस्का जात्रा आजबाट सम्पन्न भएको छ ।  गत चैत २७ गते तौमढीबाट भैरवको रथ तानेर शुरु भएको जात्रा आज साँझ गःहिटीबाट भैरवको रथ तानेसंगै जात्रा सम्पन्न भएको स्थानीय अमृत मिश्रले जानकारी दिएका छन ।

त्यस्तै मिश्रले आज साँझ ५ः३० बजेबाट गःहिटीबाट भैरवको रथ तानेर वंशगोपाल पु¥याएसंगै भैरवको मूर्तिलाई देव घरमा लगेपछि जात्रा सम्पन्न हुने बताए । भक्तपुरको कुमाले टोलमा चैत ३० गते उठाइएको लिङ्गो र मध्यपुरथिमिको बोडे महालक्ष्मी मन्दिर अगाडि उठाइएको लिङ्गोसमेत आजै ढालिएको छ ।

विगतमा जस्तो जात्राका क्रममा त्यस्तो कुनैपनि झैभगडा नभएको शान्तपूर्णरुपमा जात्रा सम्पन्न भएको स्थानीय प्रहरी प्रशासनले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु