शुक्रबार, बैशाख ७, २०८१

संघीयता सहजीकरण कार्ययोजना केन्द्रका मन्त्री र सचिवले कार्यान्वय हुन नदिएको मुख्यमन्त्री राईको आरोप

sherdhan rai

भक्तपुर चैत २९,  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आवश्यक कानून र संरचना तयार हुन नसक्दा तीन तहका सरकारले जनअपेक्षाअनुरुप काम गर्न नसकेको बताउनुभएको छ ।

रफत सञ्चार क्लबले आज आयोजना गरेको अन्तर संवाद कार्यक्रममा वोल्दै मुख्यमन्त्री राईले अन्तर प्रदेश परिषद बैठकले निर्णय गरेका २९ बुदे संघीयता सहजीकरण कार्ययोजना केन्द्रका मन्त्री र सचिबहरुले कार्यान्वय हुन नदिएको आरोप समेत लगाउृँनु भएको छ ।  त्यस्तै उहाँले अबको वर्ष सङ्घीयताको जग निमार्णको वर्ष भएको जनाउ दिदै उहाँले एक नं प्रदेशको नामाकरण र राजधानीको बिषय नयाँ बर्षको पहिलो हप्तामा नै घोषणा गर्ने तयारीमा रहेको बताए ।

त्यस्तै उहाँले पछिल्लो समयमा जनप्रतिनिधहरुले बिकासका नाममा गरेका भ्रष्टाचारको बिषय बाहिर आए जस्तै हुन सक्ने भन्दै आफै जनप्रतिनिधिले बजेट बिनियोजन गर्न लगाउने र उपभोत्ता समुहमा आफ्ना नातेदार र स्वयम आफ्नै कम्पनीलाई लाभ मिल्ने गरेको पाईको र यस्तो कार्य बन्द गरिने तर्फ प्रदेश सरकार लाग्नु पर्ने बताउँदै स्थानिय तहमा गठन भएको न्यायिक समितिले प्रभावकारी भूमिका निर्वाह गर्न नसक्नुको पछाडि पर्याप्त स्रोत साधान र कर्मचारीको अभाब रहेको प्रष्टाउनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु