बिहिबार, चैत्र १५, २०८०

विप्लव माओवादी समूहका ब्यूरो सचिव शाह सहित १३ जना पक्राउ

काठमाडौ बैशाख १३ , राज्यद्दारा अपराधी घोषित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी समूहका सेती ब्यूरो सचिव एवं पूर्वसभासद डबलबहादुर शाह भन्ने भगत सिंहसहित १३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयलाइ उदृत गर्दै प्राप्त समाचारमा पक्राउपर्नेमा विप्लव समूहका युथ रेडफोर्सका जिल्ला संयोजक रुपेश देवकर, जनसरकार प्रमुख अमर बम, जिल्ला सदस्य कैलाश भन्ने जगत आउजी, सचिवालय सदस्य ध्रुव सञ्ज्याल, किसान सङ्घका जिल्ला अध्यक्ष उदयराम थापा, पूर्वडिसिएम कृष्णबहादुर शाही त्यस्तै प्रदेश नं ७ का सैन्य कमाण्डर दानबहादुर फडेरा, क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष बन्धुकुमारी चन्द, क्रान्तिकारी विद्यार्थी सङ्घ सुर्खेतका अध्यक्ष पुष्पराज न्यौपानेलाई पक्राउ गरिएको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।