बिहिबार, बैशाख ६, २०८१

विनाशकारी हुरीका कारण प्रभावित र पीडित परिवारलाई सनराइजको सहयोग

काठमाडौं चैत्र २५ ,सनराइज बैकले विनाशकारी हुरीका कारण बारामा प्रभावित हरदिया र पर्शुराम गाउँका २०० पीडित परिवारलाई दैनिक प्रयोजनको लागि आवश्यक समाग्रीहरु जस्तै भाँडाकुडा, टर्चलाइट, साबुन, तेल, टूथ पेष्ट, टूथ ब्रस आदि राहत सामग्री सहयोग स्वरुप प्रदान गरेको छ ।
हावहुरीले कलैया उपमहानगरपालिकासहित महागढीमाई नगरपालिका, पचरौता नगरपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका, सुवर्ण गाउँपालिका, परवानीपुर गाउँपालिकामा धनजनको क्षति पुर्याएको बैकद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।