मङ्लबार, चैत्र ६, २०८०

विकास ,समृद्धि घरआँगनमा आइसकेको त्यसलाइ साक्षात्कार मात्र गर्न बाँकी : सञ्चारमन्त्री बाँस्कोटा

 राम चन्द्र प्रजापति /भक्तपुर बैशाख १५,  सञ्चारमन्त्री गोकुल बाँस्कोटाले भक्तपुरको नगरकोटस्थित तेलकोटमा प्रदेश सरकारले विनियोजन गरेको मनोहरापुलदेखी तेलकोट सम्मको २७ करोड २५ लाख लागतको १३ किमि सडक निर्माण कार्यको सिलान्यास गर्दै विकास समृद्धि घरआँगनमा आइसकेको त्यसलाइ साक्षात्कार मात्र गर्न बाँकी रहेको बताउँनु भएको छ ।

चाँगुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्रले सडक शिलान्यास भएको १८ महिनाभित्र निर्माण सम्पन्न हुने कार्यक्रममा जानकारी दिनुभएको  उक्त कार्यक्रममा प्रदेश नं ३ का सांसद सरस्वती बाटी, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, प्रदेश नं.३ का पूर्वाधार विकास कार्यालयका प्रमुख लोकनाथ रेग्मी, चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरन्जिवी तिमिल्सिनाले लगायतले मनोहरा पुलदेखी तेलकोटसम्मको सडक निर्माण कार्य समयमैसम्पन्न गर्नुपर्नेमा जोड दिदैं निर्माणका क्रममा आउने समस्याहरु सामूहिक रुपमा समाधान गर्नुपर्नेमा जोड दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।