शनिबार, बैशाख ८, २०८१

वालुवाटार जग्गा प्रकरणका मुख्य दोषीलाई जोगाउन सरकार स्वयम लागि परेको काँग्रेसको आरोप

वालुवाटार जग्गा प्रकरणमा गहिरो र गम्भीर छानवीन गर्दै दोषीमाथी कार्वाहीको माग

काठमाडौं बैशाख १७ , संघीय संसदका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वालुवाटार जग्गा प्रकरणमा मुख्य दोषीलाई जोगाउन सरकार स्वयम लागि परेको बताएका छन ।  पार्टी प्रवक्ता विश्व प्रकाशशर्माद्दारा आज जारी विज्ञप्तिमा कांग्रेसले जग्गा प्रकरणमा पार्टी सभापति शेरबहादुर देउवाको समेत नाम मुछिएको समाचार संचारमाध्यममा आएपछि सरकारले नै दोषीलाई जोगाउन अग्रसर भएको दाबी गर्दै वालुवाटार जग्गा प्रकरणमा गहिरो र गम्भीर छानवीन गर्दै दोषीमाथी कार्वाहीको माग गरेको छ

त्यस्तै विज्ञप्तिमा जग्गा प्रकरणमा दोषीलाई जोगाउने, बिषयलाई ढाकछोप गर्ने, मोड्ने र विषयान्तर गर्ने ढंगले गरिने कर्म र प्रचारहरुप्रति सजग रहन समेत सबैमा आग्रह गर्दै प्रवक्ता शर्माले बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको गम्भीर विषयप्रति कांग्रेसले सार्वजनिक रुपमा नै आपक्ति व्यक्त गर्दै आएको उल्लेख गरेका छन ।  बैशाख १६ गतेको प्रतिनिधिसभाको बैठकमा स्वयं सभापति देउवाले बालुवाटार प्रकरण बारे पार्टीका तर्फबाट कडा अभिमत व्यक्त गरेको बताउँदै प्रस्तुत प्रकरणको गहिरो छानवीन गरेर दोषीलाई दण्डित गरिनुपर्ने विषयमा एकमतका साथ प्रष्ट रहेको उल्लेख गर्दै वैशाख २५ मा शुरु हुने ‘राष्ट्रिय जागरण अभियान’ मा यस्ता सबै खाले विसंगतिका विरुद्ध राष्ट्रव्यापी रुपमा आवाज घनिभूत तुल्याइने जनाएको छ ।

साथै विज्ञप्तीमा भनेको छ, ‘बालुवाटारको जग्गा को ब्यक्तिका नाममा, कसरी पुग्यो, त्यसमा को संलग्न थिए र छन् भन्ने विवरण यस विचमा तथ्य प्रमाणका साथ सार्वजनिक भैसकेको छ, दोषीलाई जोगाउने ढंगले, बिषयलाई ढाकछोप गर्ने, मोड्ने र विषयान्तर गर्ने ढंगले गरिने कर्म र प्रचारहरुप्रति सजगताका लागि नेपाली कांग्रेस सबैमा अपिल गर्दछ ।  कांग्रेसले तथ्यको जगमा सत्यको खोजी र दोषीमाथि कार्वाहीका लागि आम नागरिकको सजगता, संचार माध्यमहरुको निष्पक्ष प्रखरता, अनुसन्धानकर्मिहरुको इमानदारीतासंगै प्रतिपक्षको दबाब र सरकारको ईमान्दार विवेक यतिबेला परिक्षाको कसिमा रहेको समेतउल्लेख गरिएको छ ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।