शुक्रबार, बैशाख ७, २०८१

वार्षिक उत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं चैत्र २४,  जनता बैंक नेपाल लिमिटेड ९ वर्ष पुरा गरि १०औं वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ ।

वार्षिकउत्सवको अवसरमा बैकले शनिवार विहान बैकिङ्ग साक्षरता सम्बन्धी चेतना मुलक ब्यानर र प्लेकार्ड सहित बंैक संचालक समितिका अध्यक्ष, संचालकहरु, र काठमाडौं उपत्यकाका शाखामा रहेका सबै कर्मचारीको सहभागितामा प्रभातफेरीको आयोजना संगै मुलुकको ग्रामिण क्षेत्रमा रहेका महिलाको स्वास्थ्य अवस्थालाई मध्यनजर गरि जनता बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘स्वस्थ्य नारी पहल’ अभियान अन्र्तगत शनिवार कुन्तावेशी शाखा, काभे्रपाल्चोकमा निःशुल्क बृहत स्वास्थ्य शिविरको आयोजना गरेको छ । । स्वास्थ्य शिविरमा १सय ९६ जना महिलाको स्त्री तथा प्रसुति रोग सम्बन्धि स्वास्थ्य परिक्षण गर्दै अप्रेशन गर्नु पर्ने बिरामीको निःशुल्क अपे्रशनको व्यवस्था मिलाइएको र्बकद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै विज्ञप्तिमा २५० जनाले जनरल मेडिसिन चेकअपको सेवा दिनुको अलार्वा निःशुल्क औषधि वितरण गरिएको थियो । त्यस्तै राजधानीस्थित बैकको मुख्यालयमा आयो निःशुल्क थायोराइट, सरभाईकल क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धित परिक्षण शिविरबाट २६७जनाले सेवा लिएको उल्लेख गरिएको छ । त्यस्तै सुर्खेत शाखमा पनि , निःशुल्क दन्त परिक्षण शिविर रुपनी शाखा, सप्तरीमा वृहत आँखा शिविरको आयोजना गरिएको जनाईएको छ ।

वर्षिक उत्सवकै अवसरमा केन्द्रीय कार्यालय लगायत ,सुर्खेत, घोराही, नारायणघाट, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढी लगायतका शाखामा आयोजित वृहत रक्तदान कार्य १६० प्वाइन्ट रगत संकलन गरिएको उल्लेख गर्दै महिला तथा वालवालिका संरक्षण घर, अत्तरीयामा शैक्षिक तथा सरसफाई साम्रगी हस्तान्तरण निःसहाय तथा जेहनदार विधार्थीलाई शैक्षिक साम्रगीहरु हस्तान्तरण बृद्धाआश्रमहरुमा खाना खुवाउने व्यवस्था र छात्रवृत्ति प्रदान गरिएको जनाएको छ भने १२८ वटा शाखा कार्यालय, ९४ वटा एटिम, ५० शाखा रहित बैंकिङ्गबाट कारोबार गर्दै रु. ७०.९४ अर्ब निक्षेप संकलन र रु. ६५.६९ अर्ब कर्जा लगानी रहेको बैकले आफ्ना सम्पूर्ण ग्राहकवर्ग, शेयरधनी महानुभावहरु, नियमनकारी निकायहरु तथा शुभ चिन्तकमा कृतज्ञता प्रकट गरेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।