बिहिबार, बैशाख १३, २०८१

वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा आज साँझबाट सुरु हुने

काठमाडौं चैत ३०,  वर्षा र सहकालका देवताका प्रारुपमा हिन्दू तथा बौद्ध धर्मावलम्बीले संयुक्तरूपमा पूजिने सेतो मच्छिन्द्रनाथको रथयात्रा आज साँझबाट सुरु हुने भएको छ ।

आइतवार केलटोलबाट सेतो मच्छिन्द्रनाथलाई विधिपूर्वक पूजाआजा गरी खटमा राखेर विभिन्न बाजागाजाका साथ तीनधारा पाठशालामा पुयाइएसंगै सेतो मच्छिन्द्रनाथलाई   रथमा राखी सयौं युवाले तानेर घण्टाघर रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म पु-याइन्छ ।

त्यस्तै आजबाट सुरु हुने रथयात्राको   पहिला विश्राम असनटोल त्यसपछि इन्द्रचोक, हनुमानढोका र जैसीदेवल हुँदै लगनस्थित मच्छिन्द्रनाथको माताको मन्दिरमा विधिविधानसहित दर्शन गराएर पुनः जनबहालमा मूर्ति फिर्ता लैजाने परम्परा रहिआएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।