शुक्रबार, बैशाख ७, २०८१

राष्ट्रपति भण्डारीद्वारा नवदुर्गा नाचको अवलोकन

भक्तपुर, बैशाख ७/ राम चन्द्र प्रजापति , भक्तपुर उद्योग बाणिज्य संघको स्वर्ण जयन्तीका अवसरमा शनिवार भक्तपुर दरवार स्क्वायर, जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा श्री नवदुर्गा पूजा एवं नाच सहितको (द्यो बोयकेगु) कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुनु भएको छ ।

त्यस अवसरमा राष्ट्रपति भण्डारीले नवदुर्गा भवानी पूजा अर्चना सहित नवदुर्गा भवानीको नाच अवलोकन तथा प्रसाद ग्रहण सहित भक्तपुरको मौलिक उत्पादनहरु काष्ठकला,धातुकाला,पष्ठरकला , संस्कृति, धार्मिक, परम्परा, बाजागाजा, लागायतका विभिन्न प्रकारका सांस्कृतिक तथा दरवारस्वायरमा तलेजु भवानी समेत अवलोकन गर्नु भएको छ ।

साथै उहाले नवदुर्गा भवानीको जात्रा संचालनका लागि जिल्ला समन्वय समितिले उपलब्ध गराएको रु १५ लाख र भक्तपुर उद्योग वाणिजय सङ्घले उपलब्ध गराएको रु पाँच लाख गरी कूल रु २० लाख अक्षयकोष स्थापनाको लागि हस्तान्तरण समेत गर्नु भएको थियो । Photo: कमल कपाली

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु