बिहिबार, बैशाख १३, २०८१

राप्रपाद्वारा देशभरका स्थानीय तहमा धर्ना

काठमाडौ चैत २८,  कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दूराष्ट्रको पुनःस्थापना, , सङ्घीयताबारे जनमतसङ्ग्रहलगायत माग गर्दै आज देशभरका स्थानीय तहमा धर्ना कार्यक्रमको आयोजना गरेको छ ।

यसक्रममा पार्टी अध्यक्ष कमल थापाको अगुवाइमा  काठमाडौँ महानगरपालिका, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र उपाध्यक्ष टङ्क ढकालको अगुवाइमा सूर्यविनायक नगरपालिका, त्यस्सतैगरि उपाध्यक्ष प्रेमबहादुर भण्डारीले कोहलपुर नगरपालिका, उपाध्यक्ष भीमप्रसाद गौचनले बेनी नगरपालिका, महामन्त्री राजेन्द्र लिङ्देनको अगुवाइमा हल्दिबारी गाउँपालिका,धनाए दिईएको राप्रपाले जनाएको छ ।

त्यस्तै हिन्दूराष्ट्रका लागि हस्ताक्षर अभियान पनि सञ्चालन जनाउँदै आगामी वैशाख ४ र ५ गते देशव्यापी घरदैलो कार्यक्रम, वैशाख ६ गते हिन्दूराष्ट्रका पक्षमा गतिविधि सञ्चालन र वैशाख ८ गते राजमार्ग र चोकमा शान्तिपूर्ण सत्याग्रह गर्ने कार्यक्रम सार्वजनिक गरेको रहेको राप्रपाले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।