बिहिबार, चैत्र १५, २०८०

राजधानीमा राप्रपाको प्रदर्शनमाथि प्रहरी हस्तक्षेपसंगै झडप , दर्जर्नौ कार्यकर्ता घाइते

काठमाडौ चैत २५ , हिन्दुराष्ट्र पुनःस्थापनालगायतका २२ सूत्रीय माग राख्दै आन्दोलनमा उत्रिएको कमलथा नेतृत्वको राप्रपाले आज राजधानीमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

राजधानीको रत्नपार्कबाट सुरु भएको र्‍याली बागबजार, पुतलीसडक हुँदै पद्मोदय मोडमा पुगेर धर्ना तथा कोणसभामा परिणत हुँदै अध्यक्ष थापा टाटामोबाइलमाथि चढेर कार्यकर्तालाई सम्बोधन गर्दै गरेको  शान्तिपूर्ण धर्ना जारी रहेकै अवस्थामा प्रहरीले प्रदर्शनकारीहरुलाई उठाउँन का लागि बल प्रयोग गर्ने क्रममा झडप भएको थियो ।

झडपपछि थापाले शान्तिपूर्ण कार्यक्रम गर्न पाउने संवैधानिक अधिकारमाथि हस्तक्षेप गरेको भन्दै सरकारले देशलाई मुठभेडमा लैजान चाहेको सञ्चारकर्मीलाइ प्रतिक्रिया दिएका छन । झडपको क्रममा प्रहरीले अध्यक्ष थापा लगायतका नेतालाइ गिरफ्तार गरे पनि कार्यकर्ताहरुले प्रहरी नियन्त्रणबाटै फिर्ता ल्याएको थियो ।  झडपमा परी राप्रपाका दुई दर्जन बढी कार्यकर्ता घाइते भएका छन् ।घाइतेहरुको बागबजारस्थित काठमान्डु मोडल अस्पतालमा उपचार भइरहेको सम्वद्धस्रोतले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।