बिहिबार, बैशाख १३, २०८१

यात्रुबाहक बस दुर्घटना, ६ को मृत्यु, दुइदर्जन भन्दा बढि यात्रुघाइते

काठमाडौं बैशाख ११ , धनगढीबाट बझाङ जाँदै गरेको ना ६ ख १८३१ नम्बरको यात्रुबाहक बस भिमदत्त राजमार्गस्थित गन्यापधुरा गाउँपालिका–१ मा दुर्घटनामा हुँदा ६ जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएके प्रहरीले जनाएको छ ।

प्हरीका अनुसार बस बुधबार बिहान पौने ५ बजेतिर सडकबाट अन्दाजी २ सय मिटर तल खसेको र घाइतेहरुलाई उद्धार गरी उपचार गर्न उपक्षेत्रीय अस्पताल डडेल्धुरामा लगिएको जनाएको छ । मृतकको सनाखत हुन नसकेको र दुर्घटनाको कारणको समेत अनुसन्धान हुँदै गरेको प्रहरीलाए उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।