मङ्लबार, बैशाख ४, २०८१

यसरी उठाइयो भक्तपुरमा ५५ हाते विस्केट जात्राको लिङ्गो

भक्तपुर चैत ३०,   प्रसिद्व बिस्केट जात्राको चौथो दिन भेलुखेलस्थित च्यासिंमण्डव अगाडि आज साँझ ५५ हाते लिंगो ठडयाइएको छ। लिंगो बाजागाजासहित तान्त्रिक विधिपूर्वक ठडयाइएको हो। नव वर्षको शुभारम्भ संगसंगै ८ रात ९ दिनसम्म मनाइने भक्तपुरको बिस्केटको चौथो दिन शनिवार लिंगो उभ्याइएको छ । भैरवनाथको प्रतीकका रुपमा उभ्याइएको उक्त लिंगोको टुप्पोमा नाग र नागिनीको प्रतीक स्वरूप दुईवटा ध्वजा बाँधेर अष्टमातृकाका प्रतीक ८ डोरी राखिएको छ ।

चैत मसान्तको साँझमा उभ्याइएको लिंगो नयाँ वर्षको दिन अर्थात् वैशाख १ गते ढाल्ने परम्परा छ। नयाँ वर्षको दिन बिहान भैरवनाथ, इन्द्रायणीको पूजा गरी तान्त्रिक विधिपूर्वक उभ्याइएको लिंगो ढाल्ने गरिन्छ ।

त्यस्तै वैशाख २ गते मध्यपुर ठिमीको बोडेमा बिस्केटको छैटौं दिन बिहान सिन्दूर जात्रा गरी दिउँसो जिब्रो छेड्ने जात्रा गरिन्छ भने जात्राको नवौं दिन वैशाख ५ गते जात्राको पहिलो दिनजस्तै भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा सम्पन्न गर्ने गरिन्छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।