बिहिबार, बैशाख ६, २०८१

मुसिकोट जिप दुर्घटना : पूर्वसांसद भण्डारीसहित दुईजनाको मृत्यु

काठमाडौं चैत २८,  गुल्मीको मुसिकोट नगरपालिकामा आज बिहान भएको जिप दुर्घटनामा नेपाली काङ्ग्रेसका तर्फबाट गुल्मी क्षेत्र नं ३ बाट २०४८ मा प्रतिनिधिसभामा निर्वाचित पूर्वसांसद रुद्रमणि भण्डारी , आठ वर्षीय बालक वस्कर विश्वकर्मा  र प्रहरी कर्मचारी देवीप्रसाद पौडेलको मृत्यु भएकोछ भने अन्य आठ घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीलाइ उदृत गर्दै प्राप्त समाचारमा मालिका गाउँपालिकाबाट बिहान सदरमुकाम तम्घासका लागि छुटेको लु१ज १९५७ नंको उक्त जिप बिहान ९ बजे मुसिकोट नगरपालिका–१ चैनडाँडा भन्ने स्थानमा दुर्घटना भएको उल्लेख गरिएको छ ।

प्रहरीका अनुसार जिप घुम्तीमा मोड्ने क्रममा सडकवाट २०० मिटर तल खसेर भएको दुर्घटनामा परी घाइते भएकामध्ये स्थानीय स्वास्थ्य संस्थामा गुल्मी अस्पतालमा उपचार भइरहेको जनाएको छ । दुर्घटनामा जिप चालकसमेत गम्भीर घाइते भएको बताइएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।