शुक्रबार, चैत्र १६, २०८०

मानव स्वास्थ्यका लागि घातक ल्यूकोभोरिन कैल्शियम इन्जेक्शन नेपाली औषधि बजारमा

ल्यूकोभोरिन स्याम्पल फोटो

भारतीय औषधि कम्पनी फ्रेसेनिउस कवी अंन्कोलोजिका नेपाली सुपर हुन यतीकेम  

ल्यूकोभोरिन भेटिए गुपचुप राख्न सकुर्लर

 काठमाडौं चैत २० , नेपाली औषधिको बजारमा परिणात्मकरुपमा ठूलो हिस्सा ओगट्दै आइरहेको विभिन्न भारतीय कम्पनी मध्ये फ्रेसेनिउस कवी अंन्कोलोजि द्दारा क्यान्सर लगायतको रोग निवारणका लागि प्रयोगको लक्ष्य सहति उत्पादन गरिएको ल्यूकोभोरिन कैल्शियम इन्जेक्शन आइपी नामक औषधिको पछिल्लो उत्पादन औषधि फर्माकोपिया विपरित रहेको बुझिएको छ ।

भारतीय कम्पनीद्दारा उत्पादित औषधिको नियमन गर्ने निकाय सेन्ट्रल ड्रग स्ट्यान्डर्ड एण्ड कन्ट्रोल अर्गानाइजेशनले ३७ वटा कम्पनी उत्पादनको सवालमा केहि साता अघि प्रकाशित गरेको सूचीमा उल्लेखभए अनुसार प्रस्तुत कम्पनीको उत्पादनमा कैफियत देखाएको हो ।

भारतीय नियमक निकायको कैफियत सहित जारी एलर्टमा उल्लेख भएको यो औषधि भारतमा मात्र उपभोग हुने नेपालमा समेत पैठारी हुने गरेको र यसको नेपाल पैठारीकर्ताको लाइसेन्स होल्डर यती फर्माकेम डिस्ट्रिब्युटर्ससर्टस प्रालि रहेको बुझिएको छ ।  यती फर्माकेमले विगत लामो समययता देखि यस कम्पनीको औषधि नेपाल पैठारी गर्दै नेपाली औषधि बजारमा निर्वादरुपमा विक्रिवितरण गर्दै आएको नेपालको औषधि व्यवस्था विभाग सम्वद्ध स्रोतबाट बुझिएको छ ।

यहाँ स्मरणीय पक्ष भनेको भारतीय औषधिको नियमक निकायले कम्पनीको उत्पादनमा कैफियत रहेको यस किसिमको औषधि मानव स्वास्थका लागि घातक रहेको जनाउ दिदै उत्पादित औषधि फिर्ता लिन निर्देशन दिदै गर्दा नेपाल पैठारी भएको औषधि भने निर्वाद रुपमा मानव स्वास्थ्य माथि खेलवाड गर्दै विक्रीवितरण हुनु आफैमा मानव स्वास्थ्यका लागि घातक पक्ष भएको समाचार स्रोतको दावी रहेको छ । यस औषधिको विषयमा पैठारी कर्ता यती फर्माकेमसंगै नियमक निकाय समेत मौन रहनु दिनानुुदिन थप रहस्यको विषय बन्दै गएको बताउँदै सम्वद्ध विभागीय स्रोतले भने कथम कदाचित बजारमा औषधि भेटिए गुपचुप राख्न अप्रत्यक्ष प्रारुपमा सर्कुलर नै भएको दावी गरेका छन ।

यस विषयमा फर्माकेमका जिम्मेवार व्यक्ति पथ्वीराज बैधे संग हामीले पटक पटक सम्पर्क गर्दै प्रस्तुत विषय वस्तुको सवालमा थप जानकारी लिन सम्पर्क गर्दा उहाँसंग भेट हुन नसकेपनि यसविषयमा हामीसंग रहेका सूचना अनुरुपको प्रयासलाइ पूर्णता दिन हाम्रो प्रयास निरन्तर जारी रहने छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।