शुक्रबार, चैत्र १६, २०८०

भूमाफियाको चलखेल,सरकारी जग्गामा सुपरमार्केट र एनआरएनएका भौतिक संरचना निर्माण गरिएको खुलासा

काठमाडौं चैत्र २४,  मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको बालुवाटारस्थित ललितानिवासले चर्चेको जग्गामा भाटभटेनी सुपरमार्केट र गैर आवसीय (एनआरएनए) का भौतिक संरचना निर्माण गरिएको तथ्य खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो स्रोतका अनुसार डिल्लीबजार मालपोत कार्यालयका कर्मचारीसँग मिलेर ललितानिवासका तत्कालीन भोगाधिकारीले भूमाफिया र व्यापारीलाई अनधिकृत रुपमा विक्री गरेको जग्गामा भाटभटेनी र एनआरएनएले भौतिक संरचना भएका हुन ।

स्रोतका अनुसार ती दुवै संरचना र त्यससँग जोडिएको जग्गा पुनः सरकारका नाममा ल्याउने तयारी भइरहेको छ ।

भाटभटेनीका संचालकले राणा परिवारबाट तथा एनआरएनएले जग्गा हडप्ने योजनाकार(मतियार) मध्ये रामकुमार सुवेदी, शोभाकान्त ढकाल तथा उनका आफन्तबाट सो जग्गा खरिद गरेका थिए । भाटभटेनीका संचालकहरुका नाममा व्यक्तिगत र संयुक्त गरी करिब ६० रोपनी तथा एनआरएनएका नाममा तीन रोपनी एक आना जग्गा विक्री गरिएको छ । त्यसबाहेक ललितानिवासका तत्कालीन भोगाधिकारीले अन्य भूमाफिया र मालपोत कार्यालयका तत्कालीन कर्मचारीलाई पनि जग्गा विक्री गरेको पाइएको अनुसन्धानमा संलग्न स्रोतको भनाइ छ । नागरिक दैनिकबाट

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।