शुक्रबार, चैत्र १६, २०८०

बैशाख ७ मा राष्ट्रपति भण्डारी नवदुर्गा नाच हेर्न भक्तपुर जाने

भक्तपुर बैशाख २ / राम चन्द्र प्रजापति,  भक्तपुर उद्योग बाणिज्य संघको स्वर्ण जयन्तीका अवसर पारेर वैशाख ७ गते शनिवार दिनको ठिक २ बजे राष्ट्रपति विद्यादेवी भण्डारी भक्तपुर आउने कार्यक्रम तय भएको छ। संघले भक्तपुर दरवार स्क्वायर, जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा श्री नवदुर्गा पूजा एवं नाच सहितको (द्यो बोयकेगु) कार्यक्रम आयोजना गर्ने भएको छ ।

भक्तपुर नगरपालिका वडा नं १० गछें स्थितको सम्पूर्ण नेपालीको आस्था रहेको श्री नवदुर्गा भवानी हो। (द्यो बोयकेगु) नवदुर्गा भवानी पूजामा प्रसाद वितरण हुने उक्त समारोहमा श्री नवदुर्गा भवानीको नाच समेत प्रस्तुत गरिने नेपाल उद्योग बाणिज्य संघका पूर्व उपाध्यक्ष कृष्णप्रसाद ताम्राकारले बताउनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतित्थ्यतामा आयोजना हुने कार्यक्रममा भक्तपुरको मौलिक उत्पादनहरु काष्ठकला,धातुकाला,पष्ठरकला , संस्कृति, धार्मिक, परम्परा, बाजागाजा, झाकी लागायतका विभिन्न प्रकारका सांस्कृतिक तथा मनोरञ्जनका कार्यक्रमहरु समेत प्रस्तुत गरिने भक्तपुर उद्योग वाणिज्य संघकाअध्यक्ष राम प्रसाद प्रजापतिले जानकारी दिनुभयो।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।