शुक्रबार, चैत्र १६, २०८०

बजारमा न्यून गुणस्तरका औषधिको वचश्र्व,  नियमक निकायका जिम्मेवार अधिकारीको विश्वनियता माथिनै सशंय

नेपालीको स्वास्थ्यमा गम्भीर खेलवाड, औषधि दर्ता देखि नियमनको क्रममा हुने गरेको आर्थिक चलखेलप्रति विभागीय मन्त्री यादवको स्वीकारोक्ति , नियन्त्रण र कारवाहीको लागि मन्त्रालय छड्के निरिक्षणमा

  • श्रीजन झा  

काठमाडौं चैत २७ , मानव स्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने औषधिको बजारमा परिणात्मकरुपमा ठूलो हिस्सा ओगट्दै आइरहेको विभिन्न भारतीय कम्पनी द्दारा उत्पादित औषधिको नियमन गर्ने निकाय सेन्ट्रल ड्रग स्ट्यान्डर्ड एण्ड कन्ट्रोल अर्गानाइजेशनले ३७ वटा कम्पनीको उत्पादित औषधि फर्माकोपियामा उल्लेख मापदण्द विपरित भएको भन्दै औषधिको फेहरिस्त सार्वजनिक गरेसंगै नेपाली औषधि बजारमा ठूलै हलचल भएका छन ।
सामान्य देखि क्यान्सर रोग र शल्यक्रियाका क्रममा प्रयोग हुने औषधिका उत्पादन कम्पनी समेत फर्मा कोपियाको निर्देशक मान्यता भन्दा वाहिर रहेका कारण ती कम्पनीद्दारा उत्पादित औषधि मानव स्वास्थका लागि प्रयोग गर्न नमिल्ने भन्दै तत्काल फिर्ता लिन जारी गरेको निर्देशनले भारतीय बजारमा त्यस्तो हलचल नभएपनि नेपाली औषधि बजारमा भने एक पछि अर्को गर्दै नयाँ तरंग तरंगीत हुन थालेका छन ।

यहाँसम्मकी औषधि बजारमा निर्वादरुपमा हुँदै गरेको फर्माकोपिया विपरितका औषधिको विक्री वितरण र यसको नियमनको नाममा हुने गरेको मोलमोलाइ ,औषधि दर्ताको क्रममा नियमक निकाय हुने गरेको आर्थिक चलखेल र नविकरण फेल भएका औषधिको निर्वाद विक्री वितरण हुँदे गरेको भेटिनुले आज समग्रमा नेपाली औषधिको बजार र नियमक निकायका जिम्मेवार अधिकारीको विश्वनियता माथिनै सशंयको अवस्था सिर्जना भएको छ ।

औषधि जगतमा विभागदेखि बजार सम्म हुने गरेको आर्थिक चलखेल प्रति विभागीय मन्त्रीको स्वीकारोक्ति संगै भारतीय कम्पनी द्दारा उत्पादित औषधि ग्रन्थ विपरित रहेको भनिएका कतिपय औषधि नेपालीबजारमा खुलेआम निर्वादरुपमा भेटिएको अवस्थामा समेत विभागले कुनै ठोस कदम चाल्नु भन्दा पनि विभिन्न सूत्रमार्फत आर्थिक सेटिगका लागि चलखेल गर्दै गरेको मन्त्रालयमा गोप्य उजुरी आएको बताउँदै मन्त्रालय सम्वद्ध उच्च समाचार स्रोतले यसको नियन्त्रण र कारवाहीको लागि मन्त्रालयले छड्के निरिक्षण शुरु गरिएको बताएका छन

त्यस्तै औषधि व्यवस्था विभागले सिडिएससीओको प्रतिवेदनमा उल्लेख भएका औषधि नेपाली बजारमा ती कम्पनीको औषधिका चलनचल्ती भाषमा सुपर भनिने कम्पनीको नाम थर वतन र ति कम्पनीले के कतिको सख्यामा औषधि आयात गरेका छन ? त्यस्तै बजारमा विक्रि वितरणका लागि के कति सख्यामा औषधि थोक विक्रेता मार्फत वा खुद्रा दुकान मार्फत गएका छन ? र कुन कुन औषधि फर्माकोपिया विपरित रहेका हो सोको आधिकारिक जानकारी सार्वजनिक नगर्नु त्यस्तै सुपर भनिने सम्बन्धीत ति सरोकारवाला कम्पनी उपर विभागले क कस्तो सोधनी प्रक्रिया शुरु गरेको छ सो सम्बन्धमा समेत विभागको कुनै प्रतिक्रिया नआउँनुले झन थप अन्यौलताको सिर्जना गरेको छ ।  जसले गर्दा एकातर्फ अस्पतालका वेडमा ति कम्पनीद्दारा उत्पादित औषधि सेवन गर्दै आफ्नो स्वास्थ्य लाभको पर्खाइमा रहेको विरामी मात्र नभएर समग्रमा सवै नेपालीको स्वास्थ्यमा गम्भीर खेलवाद एवम् घातक प्रहार हुँदै गर्दा समेत विभाग तै चुप मैँ चुपकोको अवस्था रहनु आफैमा दिनानुदिन रहस्यमय बन्दै गएको छ ।

त्यस्तै विभागले सिडिएससिओको प्रतिवेदनलाइ आधार मान्दै विभागका जिम्मेवार अधिकारी सहितको टोलीले प्रत्येक दिन बजार निरिक्षण गर्ने क्रममा कहिले भारतीय कम्पनी मर्कको उत्पादन कोजम एक्पेरेन्टोन्ट सिरफ त कहिले हिन्दूस्तान औषधि कम्पनीका औषधि वरामद गरेको बुझिएको छ । तर ती औषधि किन बरामद गरिएको हो ?  सोको जानकारी भने विभागले गुपचुप राख्दै आएका छन । यद्यपी बरामद गरिएका औषधिको प्रकरणलाइ पछि विभागमा आन्तरिक मिलोमतोमा रफादफा गर्ने गरेको विभाग सम्वद्ध समाचार स्रोतको दावी रहेको छ ।  जसले गर्दा आज औषधि ग्रन्थमा उल्लेख भएको मापदन्द अनुरुप नभएका नेपालमा उत्पादित होस वा वाहिरी देशमा उत्पादन भइ नेपाल पैठारी भएको औषधिका कारोेवारीलाइ कारवाहीको दायरमा ल्याउँन नसक्दा विभागको पछिल्लो कदम आफैमा शंकाको घेरामा आएको अवस्था छ । त्यस्तै समाचारस्रोतले नेपाली औषधि बजारमा औषधि कम्पनीले औषधिको दर्तासंगै त्यसको विक्री वितरणको लागि विभाग देखि बजार सम्म नजराना , कमिशन र बोनसका सेटिङ मिलाउँदै न्यून गुणस्तरका औषधिको कारोवार गर्दै आएको जनाएको छ ।

त्यस्तै स्रोतले विराटनगरस्थित   एमटेक नामक कम्पनी द्वारा उत्पादित ग्यास्टिकको पेन्टोप्राजोल नामक ४० एमजीको औषधिको लागत प्रतिट्याबलेट ८० पैसाभन्दा कम भए पनि बजारमा उपभोक्ताबाट भने १० रुपैयाँ र एलर्जी भएकाहरुले खाने नरम खालको एन्टिबायोटिक फ्लुकुनालोल–१५० एमजी औषधिको लागत ५ रुपैयाँ पनि नपर्ने औषधि बजारमा उपभोक्ताको हातमा पुग्दा प्रतिट्याबलेट ४० रुपैयाँ असुल्दा समेत नियमक निकाय मौन रहेको चर्चा औषधि बजार विक्री वितरणको  मुख्य केन्द्र मानिएको क्षेत्रपाटी बजारका औषधि व्यसायीबाट बुझन सकिने बताए । स्रोतका अनुसार यो त प्रतिनिधी घटनामात्र हो । यस्ता प्रवृति सहितका घटना उल्लेख्य पाइने बताए । (यस सम्बन्धमा थप अनसन्धान जारी रहेको छ । )

त्यस्तै विभाग सम्वद्ध स्रोतबाट प्राप्त जानकारी अनुसार विभागममा क्रमस लार्क ल्याबोरेटरीज लिमिटेड इण्डिया , बाल फर्मा लिमिटेड , हिन्दुस्तान मेडिसिन.प्रालि , ग्राक्योर फर्मास्युटिकल्स लिमिटेड , इण्ड स्विफ्ट लिमिटेड, फ्रेसेनिउस कवी अंन्कोलोजि लिमिटेड र अल्बर्ट डेविड लिमिटेड गरि विभागमा दर्ता रहेका ७ वटा भारतीय औषधि कम्पनीका उत्पादन नेपाली बजारमा आधिकारिक एजेन्ट कम्पनी क्रमस आशु ड्रग प्राली विरगञ्ज, हाम्रो मेडि कन्र्सन काठमाडौं , मिन्को फर्मा लिंक प्राली काठमाडौ , ब्लु ओसियन हेल्थकेयर प्रालि काठमाडौ , सिजल फर्मा काठमाडौ ,यती फर्माकेम डिष्टिव्यसर्टस प्रालि काठमाडौ र शुभम औषधि काठमाडौले आयात गर्ने गरेको यी मध्ये कतिपय कम्पनीको प्रडक्ट व्राण्ड दर्ता नभएको विभागले जनाउ दिदै गर्दा बजारमा ती कम्पनीको उत्पादन भेटिनु त्यस्तै नविरकण फेल भएका कम्पनीको औषधि भेटिनु जस्ता प्रसंगले कसरी ति औषधि नेपाली बजारमा भेटिए ? उपभोक्ताको स्वास्थ्यमाथि खेलवाद गर्दै विना इजाजतका त्यस्ता औषधि पैठारी भएको भेटिएमा औषधि ऐन अनुसार कारवाही हुने बताउदै आएको विभागले त्यसको जवाफ दिन विलम्व गर्दा विभागको विश्वसनियतामाथि गम्भीर प्रश्न उठेको छ ।

त्यस्तै संसदको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा विभागीय मन्त्री उपेन्द्र यादवलाई औषधि दर्ता देखि नियमनको क्रममा हुने गरेको आर्थिक लेनदेनको र एसडिएससिओले सार्वजनिक गरेको प्रतिवेदनको मामलामा बजारमा भइरहेको चर्चा केन्द्रीत हुँदै नेकपा सांसद पम्फा भुषालले गरेको प्रश्न र त्यसको प्रतिउत्तर दिने क्रममा मन्त्री यादवले मन्त्रालयमा भन्दा पनि नियमक निकाय विभागमा केही समस्या रहेको स्विकार गर्दै यो वा त्यो कोणबाट विभागमा हुने गरेको अनियमितता प्रति मन्त्रालय गम्भीर भएको जनाउ दिदै यस विषयमा मन्त्रालयले कदम चाल्ने सवालमा दिनु भएको अभिव्यक्ति यसको ज्वलन्त उदाहरण सावित भएका छन ।

औषधि जगतमा विभागदेखि बजार सम्म हुने गरेको आर्थिक चलखेल प्रति विभागीय मन्त्रीको स्वीकारोक्ति संगै भारतीय कम्पनी द्दारा उत्पादित औषधि ग्रन्थ विपरित रहेको भनिएका कतिपय औषधि नेपाली बजारमा खुलेआम निर्वादरुपमा भेटिएको अवस्थामा समेत विभागले कुनै ठोस कदम चाल्नु भन्दा पनि विभिन्न सूत्रमार्फत आर्थिक सेटिगका लागि चलखेल गर्दै गरेको मन्त्रालयमा गोप्य उजुरी आएको बताउँदै मन्त्रालय सम्वद्ध उच्च समाचार स्रोतले यसको नियन्त्रण र कारवाहीको लागि मन्त्रालयले छड्के निरिक्षण शुरु गरिएको बताएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।