शुक्रबार, चैत्र १६, २०८०

प्राविधिक सामूहिक राजीनामा प्रकरण- पुनःनिर्माणको अभियानमा अवरोध सिर्जना गरे कडा कारवाही: प्राधिकरण

काठमाडौ बैशाख १३,  भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनःनिर्माणमा कार्यरत प्राविधिकले सामूहिक राजीनामा दिएको घटनाप्रति राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ध्यानाकर्षण भएको जनाएको छ ।

प्राधिकरणले आज जारी गरेको विज्ञप्तिमा प्राविधिकले उठाएका अतिरिक्त सेवा सुविधालगायतका माग गत भदौदेखि लागू हुने गरी मन्त्रिपरिषद्को बैठकबाट निर्णय भइसकेको र त्यसबारे नेपाल इञ्जिनीयर्स एशोसियनका पदाधिकारीलाई जानकारी गराइसकेको उल्लेख गरिएको छ ।
त्यस्तै विज्ञप्तिमा सामूहिक राजीनामा दिएको घोषणाबाट पुनःनिर्माण र भूकम्पपीडित जनताको संवेदनशीलताप्रति प्राविधिकको नियतमाथि प्रश्न उठाएको जिकिर सहित प्राधिकरणले तत्काल पुनःनिर्माणको कार्यमा जुट्न सबै प्राविधिकलाई निर्देशन समेत दिएको छ ।

आयोगका सहप्रवक्ता मनोहर घिमिरेद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा पुनःनिर्माणको अभियानमा अवरोध सिर्जना गर्ने मनसाय राखी अघि बढेको पाइए कडा कदम चाल्न प्राधिकरण बाध्य हुने उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।