मङ्लबार, बैशाख ११, २०८१

प्रम ओली आँधी प्रभावित जिल्लाबाट फर्केलगत्तै राष्ट्रिय विपद घोषणाका लागि मप बैठक बस्ने तयारी

काठमाडौं चैत १८ ,  आइतवार साँझ बारा र पर्सामा आएको आँधीका कारण भएको जनधनको ठूलो क्षतिका बारेमा छलफल गर्न मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने भएको छ । प्रधानमन्त्री ओली बारामा आँधी प्रभावितलाई भेटेलगत्तै काठमाडौं फर्कने र त्यसपछि मन्त्रिपरिषद्को बैठक बस्ने तयारी रहेको जानकारी  प्राप्त भएको छ ।

यसअघि प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले आइतवार साँझ आएको हावा हुरीले बारा र पर्साको जिल्लामा ठूलो मानवीय र धनजनको क्षति पुर्याएको भन्दै राष्ट्रिय विपद घोषणा गर्नुपर्ने निर्णय गर्दै राष्ट्रिय विपद घोषणा गर्न केन्द्र सरकारसँग आग्रह गरेकाले सरकारले यसबारेमा नितिगत निर्णय गर्न केन्द्रीय सरकारको मपको बैठक बस्ने तयारी भएको  प्राप्त जानकारीमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।