शनिबार, बैशाख ८, २०८१

प्रधानसेनापति थापाले भने- सङ्गठनभित्र चेनअफ कमाण्ड विपरीतका कार्य गरे कठोर कारवाही

काठमाडौ वैशाख ८, सैनिक सदाचारको उत्साह’ भन्ने नाराका साथ शुक्रवारदेखि सैनिक आचारसंहिता सप्ताह शुभारम्भ गर्दै नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालले आर्थिक अपारदर्शिता एवम् चेनअफ कमाण्ड र अनुशासन विपरीत गतिविधि गरेको पाइए सङ्गठनभित्र कठोर नीति अवलम्बन गर्ने चेतावनी दिनु भएको छ ।

त्यस्तै सेनाको छवि धुमिल्याउन अझैपनि केही शक्ति सक्रिय रहेको बताउँदै प्रत्येक वर्ष पहिलो महीनाको पहिलो साता आचारसंहिता सप्ताह मनाउने घोषणा सहित प्रधानसेनापति थापाले आचारसंहिता हास्यव्यङ्ग्यको पुलिन्दा सम्झने प्रयास गर्दै चेनअफ कमाण्ड पालना नगर्र्नेलाई कारवाहीको दायरामा ल्याइने जनाउ दिनु भएको छ ।

साथै उहाँले आर्थिक अनियमिता विरुद्ध सङ्गठनले लिएको शून्य सहनशीलताको नीति जङ्गी अड्डाबाटै शुरु गरिने भन्दै यस विषयमा सकल दर्जाले हेक्का राख्नु आवश्यक भएको बताउँनु भएको छ । त्यस्तैगरि उहाँले पदोन्नति र शान्तिसेनामा सहभागिता जस्ता विषयमा प्रभावशाली व्यक्तिबाट भनसुन गराइ दबाब दिने प्रयास नगर्न समेत चेतावनी दिनु भएको छ । त्यस अवसरमा प्रधानसेनापति थापाले आचारसंहितासम्बन्धी पुस्तक पनि लोकार्षण गर्नुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।