शुक्रबार, चैत्र १६, २०८०

पूर्व राजा शाहको प्रश्न -मानवोचित सुख र शान्ति प्राप्त हुन नसक्ने नाजुक अवस्था अझै कति रहिरहने ?

काठमाडौं चैत ३०,  पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षका २०७६ अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रिय अखण्डता र प्रजातन्त्रका लागि आफू नेपाल र नेपाली नागरिकको साथमा रहेको बताउँनु भएको छ । साथै पूर्वराजा शाहले जारी शुभकामना सन्देशमा विगत वर्षको सुक्ष्म समीक्षा गर्दै नव वर्षको स्वागत गर्नुपर्ने जिकिर गर्दै शुभकामना सन्देशमा गतिशील समयक्रमको प्रवाहसँगै अहिले हामी विक्रम सम्वत् २०७६ मा आइपुगेका छौं । नयाँ वर्षको आरम्भको प्रहरमा हामी नेपालभित्र र विश्वका विभिन्न भूभागमा रहे बसेका समस्त नेपालीहरुमा सुख, शान्ति तथा समून्नतिको लागि हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ ।

‘लाखौं नेपाली काम, माम र दामका निम्ति विदेशी भूमिमा भौंतारिनु पर्ने, देशमै शिक्षा, स्वास्थ्य एवं मानवोचित सुख र शान्ति प्राप्त हुन नसक्ने, यस्तो नाजुक अवस्था अझै कति रहिरहने भनदै स्वतन्त्र, सार्वभौम, स्वाधीन एवं मौलिक गौरवको विशेषता राख्ने हाम्रो यो देशलाई सदा स्वाभिमानी र गौरवशाली राख्न हामीले हाम्रा आफ्ना शास्वत आदर्शको ख्याल राख्नुपर्नेमा जोड दिनु भएको

त्यस्तै शुभकामना सन्देशमा उहाँले हामीले अब केवल हिजो अस्तिको जस्तो समय बियाल्ने परिपाटीलाई मात्र अँगालेर पुग्दैन जनताका अनगिन्ति समस्या र दूर्दान्त पीडा पाएको उनले उल्लेख गरेका छन् । ‘लाखौं नेपाली काम, माम र दामका निम्ति विदेशी भूमिमा भौंतारिनु पर्ने, देशमै शिक्षा, स्वास्थ्य एवं मानवोचित सुख र शान्ति प्राप्त हुन नसक्ने, यस्तो नाजुक अवस्था अझै कति रहिरहने भनदै स्वतन्त्र, सार्वभौम, स्वाधीन एवं मौलिक गौरवको विशेषता राख्ने हाम्रो यो देशलाई सदा स्वाभिमानी र गौरवशाली राख्न हामीले हाम्रा आफ्ना शास्वत आदर्शको ख्याल राख्नुपर्नेमा जोड दिनु भएको छ । ‘

साथै मुलुकप्रतिको आफ्नो आस्था र निष्ठा अडिग रहेको बताउँदै ‘देश सुहाउँदो प्रजातान्त्रिक मूल्य मान्यतामा आधारित राजनीति, शक्ति पृथकीकरणाको सिद्धान्त अनुरुप कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका सञ्चालन हुनुपर्ने बताउँनु भएको छ । त्यस्तैगरि विगतमा हामी सबैबाट जे जस्ता कमी कमजोरी भए, तिनको आत्मसमीक्षा गरि मुलुकको वृहत्तर हित र राष्ट्रिय एकताका लागि हामी सबै निष्ठावान् हुनु र ऐक्यबद्ध भएर अघि बढ्नुको विकल्प नभएको जिकिर गर्दै नयाँ वर्ष साच्चिकै नयाँ रहोस्, नयाँ वर्षले वास्तवमै हामीहरुका सोच र व्यवहारमा नौलो उज्यालो ल्याओस् भन्ने कामना गर्नु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।