शुक्रबार, चैत्र १६, २०८०

नेकपा अध्यक्ष प्रचण्डले भने पार्टीको केन्द्र र जिल्ला कमिटीको अधिवेशनको मार्ग खुल्यो

काठमाडौ बैशाख ११,  महालक्ष्मी नगरपालिका–६ स्थित सिद्धिमङ्गल माध्यमिक विद्यालयको शहरी वातावरण व्यवस्थापन समाज नामक संस्थाको सहयोगमा विद्यालयको नवनिर्मित आठकोठे भवनको उद्घाटन गर्दै नेकपाका अध्यक्ष प्रचण्डले जिल्ला अध्यक्ष र सचिवको टुङ्गो लागेसंगै अव पार्टीको केन्द्र र जिल्ला कमिटीको अधिवेशनको मार्ग प्रसस्त भएको बताउनुभएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले निजी विद्यालयमा भन्दा सामुदायिकमा भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर र अनुशासनमा कमजोर भए पनि पछिल्लो समय सामुदायिक विधालयको अवस्थामा निकै प्रगति भएको बताउँदै यहि रफ्तारमा विधालयको स्तर प्रगति उन्मुख हुँदै जाने हो भने सवैको रोजाइ सामुदायिक विद्यालय हुनेमा कुनै शंका नरहेको बताउँनु भएको छ ।

कार्यक्रममा महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले नगरपालिकाभित्रका सामुदायिक विद्यालयको अवस्था विगतको तुलनामा निकै राम्रो भएको जनाउ दिनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।