बुधबार, बैशाख १२, २०८१

नागरिकता वितरण सम्बन्धी गृहको सकुर्लर कार्यान्वयन नर्गन सर्वोच्चको आदेश

काठमाडौ बैशाख १३, अंगीकृत नागरिकका सन्तानलाई वंशजको नागरिकता वितरण गर्ने गृह मन्त्रालयको सकुर्लरलाइ कार्यान्वयन नर्गन सर्वोच्च अदालतले फेरि नयाँ अन्तरिम आदेश जारी गरिएको हो ।

वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीसमेतले दिएको अर्को रिटको सुनुवाई गर्दै सर्वोच्चले मुद्दाको किनाारा नलागेसम्मका लागि अन्तरिम आदेश जारी गर्दै आफ्नै अघिल्लो आदेशलाए निष्क्रिय तुल्याउँदै प्रधानन्यायाधीश राणा र न्यायाधीश भण्डारीले दिएको आदेशमा गृहमन्त्रालयको परिपत्र कार्यान्वयन नगर्न नगराउन भनिएको छ ।

त्यस्तै यसअघि अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटको सुनवाइ गर्दै सर्वोच्चले नागरिकता वितरण नगर्न नगराउँन  आदेश जारीको गरेको एकसाता  नवित्दै सर्वोच्चकै न्यायाधीश हरिकृष्ण कार्की र वमकुमार श्रेष्ठको संयुक्त इजलाशले भने गृहको सर्कुलरअनुसार नागरिकता वितरण नरोक्न आदेश जारीगरेसंगै देशभरका जिल्ला प्रशासन कार्यालयले नागरिकता वितरण गर्दै आएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।