बिहिबार, चैत्र १५, २०८०

नवनियुक्त पाँच न्यायाधीश र प्रमुख निर्वाचन आयुक्त थपलियाले लिए शपथ

काठमाडौं बैशाख ८,  राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रमकावीच राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले सर्वोच्च अदालतका नवनियुक्त पाँच न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् ।राष्ट्रपति भण्डारीले उनीहरु सातै जनालाई तत् पदमा गत शुक्रबार नियुक्ति गरेकी थिइन ।

शपथ लिनेमा नवनियुक्त न्यायाधीश प्रकाशकुमार ढुङ्गाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र डा मनोजकुमार शर्मा रहनु भएको छ ।

त्यस्तै प्रन्या राणाले सोही कार्यक्रममा नवनियुक्त प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई समेत पद तथा गोपनीयताको शपथ लिएका छन  भने  राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा शान्तराज सुवेदीबाट सोही समारोहमा उक्त आयोगका नवनियुक्त सदस्य विष्णुमाया ओझालाइ समेत पद तथा गोपनीयताको शपथ लिएका थिए । 

शपथ कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकृत र सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति रहेको राष्ट्रपति कार्यालयद्दारा  जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । फोटो :राष्ट्रपतिको कार्यालय

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।