शनिबार, बैशाख ८, २०८१

तोकिएको ठाउँमा काम गर्न नजाने कर्मचारीलाई कारवाही गर्ने गृहको चेतावनी

काठमाडौ चैत २८,  गृह मन्त्रालयले कर्मचारी समायोजन पछि गरिएको पदस्थापना अनुरुप काम गर्न निर्देशन दिँंदै निर्देशनको अवज्ञा गर्दै काम गर्न नजाने कर्मचारीलाई कारवाही गर्ने चेतावनी दिएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट निर्णय भई समायोजनापछि मन्त्रालयअन्तर्गत पदस्थापन भएका कर्मचारीलाई कामकाजमा खटाइसकेको भए पनि कर्मचारी सम्बन्धित कार्यालयमा हाजिर हुन नगएको भन्दै मन्त्रालयले आज सूचना जारी गरी  यस्तो चेतावनी दिएको हो ।

त्यस्तै जारी सूचनामा “तोकिएको ठाउँमा नगए प्रचलित कानूनअनुसार कारवाही भइजाने व्यहोरा उल्लेख गर्दै आफ्नो पदीय जिम्मेवारी र कर्तव्यलाई गम्भीरतापूर्वक मनन गर्न सचेत गराउँद छ मन्त्रालयको निजामती कर्मचारी प्रशासन शाखाद्वारा आज जारी सूचनामा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।