बुधबार, बैशाख १२, २०८१

डोपिङको विषयमा रहेका कमी कमजोरी र चुनौती चिर्नपर्नेमा सासंद श्रेष्ठको जोड

काठमाडौं बैशाख १५, दक्षिण एसियाली क्षेत्रीय एन्टी डोपिङ टेक्निकल विषयक कार्यशालाको शुभारम्भ गर्दै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले डोपिङका विषयमा रहेका नयाँ नियम तथा विषयमा जानकारी प्राप्त गर्ने र आगामी दिनमा यस क्षेत्रमा सच्चा खेलको अवधारणलाई बलियो बनाउन सहयोग पुग्ने बताउँनु भएको छ ।

त्यस्तै उहाँले वल्र्ड एन्टी डोपिङ एजेन्सीको सहयोगमा काठमाडौंमा शुक्रबार सम्पन्न कार्यशालामा दक्षिण एसिया क्षेत्रमा डोपिङको विषयमा रहेका कमी कमजोरीका चुनौती चिर्नका लागि यो वर्कसपले योगदान दिने विश्वास व्यक्त गर्दै सासंद श्रेष्ठले २०१९ को डिसेम्बरमा १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता आयोजना गर्न लागेकाले एन्टी डोपिङको विषयमा वल्र्ड एन्टी डोपिङ एजेन्सीले जनशक्ति निर्माण तथा क्षमता विकासमा सहकार्य र सहयोग गर्ने बताउँनु भएको छ ।

कार्यक्रमका सहजकर्ता वल्र्ड एन्टी डोपिङ एजेन्सीका डाइरेक्टर टोम मेलेले पछिल्लो समयमा दक्षिण एसिया क्षेत्रमा डोपिङको विषयमा जागरुकता वृद्धि हुँदै आएको बताउँदै शिक्षा, जागरुकता र विज्ञ तयार गर्ने विषयमा यस क्षेत्रले बढी ध्यान केन्द्रित गर्नुपर्नेमा समेत जोड दिएका थिए ।

त्यस्तै उहाँले डोपिङ जोखिम, जोखिमलाई कसरी न्यूनीकरण गर्नेलगायतका विषयमा वर्कसपमा छलफल भएको थियो । कुनै पनि खेलाडीलाई कुनै पनि समयमा बिना सूचना टेस्टिङ गर्न सकिने भएकाले दक्ष जनशक्तिको आवश्यकता रहन्छ । ‘डोपिङको विषयमा ज्ञान नहुँदा रुघाखोकीको औषधि खाँदा पनि समस्या आउन सक्नेतर्फ सचेतना अभिवृद्धि आवश्यक रहेको भन्दै यो निकै संवेदनशील विषय हो, यसमा ओलम्पिक कमिटी, सरकारले मिलेर कार्य गर्नुपर्नेमा जोड दिनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

कार्यशालामा परीक्षण वितरण योजना, कोड अनुपालन, प्रश्नावली, सुधारात्मक एक्सन रिपोर्टलगायतका विषयमा विभिन्न कार्यपत्र प्रस्तुत गरिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।