शुक्रबार, चैत्र १६, २०८०

टोखाको लिच्छविकालीन बिस्केट जात्रा अन्र्तगत आज सिन्दूरजात्रा गरिदै

काठमाडौ बैशाख ३ , गत शनिबारदेखि शुरु भएको टोखाको लिच्छविकालीन बिस्केट जात्राको अन्र्तगत आज बिहान सिन्दूरजात्रा सहित रथ बोकी टोखा नगर परिक्रमा सहित मनाइदैछ ।

चैत मसान्तको दिनबाट शुरु भएको प्रस्तुत जात्राको क्रममा विनायक चण्डेश्वरी माईको मूर्तिलाई खटमा राखेर टोखा नगरलाई परिक्रमा गरी जात्रा शुरु गरिएको थियो । त्यसतै जात्राको दोस्रो दिन वैशाख १ गते मध्यरातमा सपनतीर्थ पोखरीमा स्नान सहित वैशाख २ गते बिहान सबै देवगण चण्डेश्वरी, सपनतीर्थ, महादेव, सरस्वती लगायतका देवीको पुजन र र आज बिहान सिन्दूरजात्रा सहित रथ बोकी टोखा नगर परिक्रमा सहित जात्रा मनाउँदै गरेको स्थानीय जानकारी दिएका छन ।   त्यस्तै  स्थानीयवासीको सुरक्षाका लागि चण्डेश्वरी देवीको महत्वपूर्ण भूमिका रहेको विश्वासका साथ  चोकमा विभिन्न देवी देवताका मुखुण्डो लगाएर नाच गरिने जात्रामा सर्वसाधारणको घरघरबाट फूल, अक्षता र सिन्दूर चढाउने गरिन्छ । जात्रा अन्र्तगतनै बुधवार गछेँ टोलमा राखेर पूजाआजा रथको पूजा अचर्नना सन्दूरजात्रा सहित रथलाई आआफ्ना घरमा लगेसंगै जात्रा समापन हुने बताए ।

यद्यपी विस्केट जात्रा भन्ने वित्तिकै भक्तपुरको बिस्काः जात्राभन्दा पनि टोखाको बिस्काःको इतिहास पुरानो रहेको यहाँका स्थानीयबासी बताउँछन् । टोखाबासीका अनुसार जात्राका बारेमा प्रचारप्रसार कमीका कारण ओझेलमा पर्दै गएको उनिरुको अभिमत रहेको छ । भक्तपुरमा जस्तै टोखा बिस्काः जात्रा पनि आठ रात नौ दिन सम्मनै मनाइने गरेको बताए ।

प्रस्तुत जात्राको सवालमा प्राप्त किम्वदन्ती अनुसार प्राचीनकालमा टोखामा एक भिल्मो नामक राजाको कार्यकालमा राजाका सेवक तथा देशका रक्षक एक तान्त्रिक पुजारीका श्रीमतीको तीव्र इच्छाका कारण पुजारीले आफ्नो तान्त्रिक बलबाट नागको रूप धारण गरेछन् । पुजारी पुनः मान्छेको रूप धारण गर्न श्रीमतीले अक्षता छर्कनुपर्नेमा आत्तिएर आफ्नै मुखमा हालिछिन् । त्यसपछि श्रीमती पनि नागिनी भइछन् । दुवैले मान्छे बन्न धेरै प्रयास गरे पनि सफल भएनन् । पछि दुवैको मृत्यु भयो । तत्कालीन राजाले यो कुरा थाहा पाएर नाग र नागिनीको आत्माको शान्तिकालागि बिस्केट जात्रा सुरु गरेको बताइन्छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।