शनिबार, बैशाख ८, २०८१

टेलिकमको प्रिपेड मोबाइलबाट चीन र भारतमा रोमिङ सेवा

चीनमा कल गर्दा प्रतिमिनेट रु ५० र नेपालबाट गरेको फोन कल उठाउँदा प्रतिमिनेट ५३ रुपैया शुल्क

काठमाडौ वैशाख १६,  कम्पनीको वार्षिकोत्सवको अवसरमा नेपाल टेलिकमले प्रिपेड मोबाइलमा सोमवारबाट छिमेकी मुलुक भारत र चीनमा लागू हुने गरि प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याउने भएको छ ।

टेलिकमका प्रवक्ता प्रतिभा वैद्यका अनुसार जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताले चीन वा भारत गएको समयमा आफ्नै मोबाइलबाट नेपालमा कल वा एसएमएस गर्न सक्ने जानकारी दिदै चीनमा कल गर्दा प्रतिमिनेट रु ५० लाग्नेछ भने चीनबाट नेपालमा कल गर्दा प्रतिमिनेट रु ९० र नेपालबाट गरेको फोन कल उठाउँदा प्रतिमिनेट ५३ रुपैया शुल्क लाग्ने जानकारी दिनु भएको छ ।

त्यस्तै भारतमा कल गर्दा वा भारतबाट कल आउँदा प्रतिमिनेट रु ३० लाग्नेछ भने नेपालबाट नेपालबाट गरेको फोन कल उठाउँदा प्रतिमिनेट रु १४ लाग्ने टेलिकमले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।