शुक्रबार, चैत्र १६, २०८०

जारी आदेशको निरन्तरता आवश्यक नभएको सर्वोच्चको ठहर,गृहमन्त्रालयको निर्णय कार्यान्वयनको मार्ग प्रसस्त

काठमाडौ बैशाख ३ जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन जारी गरेको सकुर्लरले निरन्तरता पाउँने भएको छ ।

गृहमन्त्रालयले गत वर्षको चैत १९ गते देशभरका जिल्ला प्रशासन कार्यालयलाई जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन जारी गरेको सकुर्लर कानुन कानूनसम्मत नभएको जिकिर गर्दै अधिवक्ता बालकृष्ण न्यौपानेले दायर रिट निवेदन उपर सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले चैत २५ गते गृहमन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन दिएको परिपत्र तत्काल कार्यान्वयन नगर्न अन्तिरम आदेश दिएको थियो ।

तर आदेश जारी भएको दुइ साता पनि नवित्दै गृहमन्त्रालयको सकुर्लर रोक्न जारी आदेशका सवालमा दुवै पक्षको उपस्थितीमा भएको छलफल र सुनवाइपछि आज न्यायाधीशद्वय हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको इजलासले रिट निवेदकको माग अनुरुप यसअघि जारी आदेशको निरन्तरता आवश्यक नभएको ठहर गरेसंगै जन्मसिद्ध नागरिकलाई वंशजका आधारमा तत्काल नागरिकता दिने गृहमन्त्रालयको निर्णय कार्यान्वयन गर्न बाटो खुलेको हो । स्मरण रहोस । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न पेश गरेको विधेयक हाल सङ्घीय संसद्मा विचाराधीन रहेको अवस्था छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।