बिहिबार, बैशाख १३, २०८१

चेकजाँचको क्रममा लागुऔषधसहित ३ जना पक्राउ

काठमाडौं चैत २८,  नेपाल प्रहरीले राजविराजबाट काठमाडौँतर्फ आउँदै गरेको ना७ख ५७८४ नंको बसमा चेकजाँचको क्रममा लागुऔषध नोर्फिन ५६७ एम्पुल, फेनारगन ६१५ एम्पुल, डाईजेल्याव ११८ एम्पुल, डाईजेपाम ४९१ एम्पुल र लुप्रिजेसिक ४९ एम्पुलसहित ३ जनालाइ आज पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीका २५ वर्षीय प्रमोदकुमार साह, सप्तरीको बेल्ही चपेना गाउँपालिका– ९ का ४३ वर्षीया गीता देवी र सुनसरीको बर्जुताल गाउँपालिका– ६ का ३० वर्षीया रन्भादेवी दास रहेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।