शुक्रबार, चैत्र १६, २०८०

चन्द्रागिरिमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि चन्द्रागिरि महोत्सव : नगर प्रमुख गिरी

काठमाडौं चैत २१ ,  चन्द्रागिरिको सर्वाङ्गीण विकास र जगेर्ना गरौँ, कला, संस्कृति र प्राकृतिक सौन्दर्यताले चन्द्रागिरिको पहिचान बढाऔँ’ भन्ने मूल नाराका साथ धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्व बोकेको चन्द्रागिरीमा आगामी चैत २९ गतेदेखि वैशाख ७ गतेसम्म ‘दास्रो चन्द्रागिरि महोत्सव’ २०७५ को आयोजना गरिने भएको छ ।

चन्द्रागिरि नगरपालिकाको मुख्य आयोजक जिल्ला विकास समन्वय समिति काठमाडौंको सहआयोजनामा प्रस्तुत ९ दिने महोत्सव हुने लागिेको र महोत्सवको आयोजनासंगै चन्द्रागिरिका ऐतिहासिक विषयवस्तु, उत्पादन तथा अन्य विषयलाई थप प्रचारप्रशार गर्ने लक्ष्य रहेको नगरपालिका प्रमुख घनश्याम गिरीले जानकारी दिनु भएको छ ।

नगर प्रमुख गिरीका अनुसार महोत्सवमा स्थानीय कृषि उपज, घरेलु तथा हस्तकला, साना उद्योग, अटो इन्जिन, अटो मोबाइल, स्थानीय कला संस्कृति, स्थानीय काष्ठकला, स्थानीय खानाका परिकार लगायतका थुप्रै स्टलको व्यवस्था गरिएको साँस्कृतिक कार्यक्रम समेत आयोजना हने बताउँनु भएको छ ।

  तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।