बिहिबार, बैशाख १३, २०८१

औषधि व्यावसायी संघको अध्यक्षमा दोस्रो कार्यकालका लागि मृगेन्द्रमेहर निर्वाचित

काठमाडौ वैशाख ८, नेपाल औषधि व्यावसायी संघको १३ औँ महाधिवेशनबाट संघको अध्यक्षमा मृगेन्द्रमेहर श्रेष्ठ विजयी भएका छन् । पोखरामा सम्पन्न महाधिवेशनबाट श्रेष्ठ दोस्रो कार्यकालको जिम्मेवारी प्राप्त गर्दै गर्दा श्रेष्ठले प्रतिस्प्रर्धी लोकहरि श्रेष्ठलाइ पराजित गरेको हो

विजयी श्रेष्ठले १४१ भोट प्राप्त गरेका थिए भने अध्यक्षका अर्का उम्मेद्धार लोकहरि श्रेष्ठले भने १०१ मत प्राप्त गरेको थाहा भएको छ । त्यस्तै संघको महासचिवमा रामचन्द्र शर्माले आफ्ना प्रतिस्प्रर्धी कुमार खतिवडालाइ ४६ मतान्तरमा पराजित गरेका छन ।

यस्तै बरिष्ठ उपाध्यक्षमा मृगेन्द्र समूहकै प्रकाशकुमार खण्डेलवाल निर्विरोध निर्वाचित भएका हुन् भने आयात तर्फका उपाध्यक्षमा निरञ्जन प्रसाद रिसालले आफ्ना प्रतिस्प्रर्धी शेखर श्रेष्ठलाइ ४४ मतान्तरमा पराजित गरेका छन । त्यस्तै उपाध्यक्ष थोक तर्फ सुनिल श्रेष्ठले आफ्ना प्रतिस्प्रर्धी अभयकुमार बस्नेतलाइ , खुद्रा तर्फका उपाध्यक्षमा रामप्रसाद खरेलले हरिप्रसाद विडारीलाइ पराजित गरेको समाचार प्राप्त भएको छ ।

यस्तै कोषाध्यक्ष पदमा सम्राट जोशी र उपकोषाध्यक्षमा श्रीधर खनालले आफ्ना प्रतिस्प्रर्धीलाइ पराजित गर्दै निर्वाचित भएका छन भने सचिवमा यामनाथ पौडेले निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । त्यस्तै  कार्य समिति सदस्यमामा भने श्रृजनकुमार भट्टराई, परमानन्द रावत , टंकप्रसाद अधिकारी, ललितानन्द जोशी निर्विरोध र महिला सदस्यमा शर्मिला शाक्य  र खुल्ला सदस्यमा कृष्णबहादुर रोकाया  निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

 यसैवीच आजै एक कार्यक्रमकावीच निर्वाचित कार्यसमितिलाइ सम्मान तथा पदभार हस्तान्तरणका कार्यक्रम समेतको आयोजना हुँदै गरेको निर्वाचित अध्यक्ष श्रेष्ठले जानकारी दिनु भएको छ । यसैक्रममा हाम्रो तर्फबाट पनि निर्वाचित कार्य समितिले मुलुकको औषधि जगतमा विद्यमान यावत विकृति निवारण गर्न उत्तरदायिपूर्ण पहलकदमी   लिन सकोस भन्ने शुभकामना ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।