शुक्रबार, बैशाख ७, २०८१

औषधि नपाएर अकाल मृत्यु वरण गर्नु पर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा उपराष्ट्रपति पुनको जोड

काठमाडौं वैशाख ६,  नेपाल औषधि व्यवसायी सङ्घको १३ औँ महाधिवेशनको उदघाटनसत्रलाइ सम्बोधन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले गुणस्तरीय औषधि उत्पादनमा मुलुक आत्मनिर्भर हुनुपर्नेमा जोड दिदै यसको लागि आवश्यक वातावरण बनाउँन आवश्यक रहेको बताउँनु भएको छ ।  त्यस्तै उहाँले औषधि नपाएर अकाल मृत्यु वरण गर्नु पर्ने अवस्थाको अन्त्य गर्दै यो वा त्यो नाममा महँगोमा औषधि किन्नुपर्ने उपभोक्ताको जनगुनासोको सम्बोधनका लागि औषधि उत्पादक र व्यवसायीलाई गम्भीर हुन सुझाव समेत दिनुभएको छ ।

त्यस्तै कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन, महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ ,नेपाल उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष उमेशलाल श्रेष्ठ  ,नेपाल औषधि उत्पादक सङ्घका अध्यक्ष दीपक दाहाल र सङ्घका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले औषधि व्यवसायलाई सङ्गठित र मर्यादित बनाउनुपर्नेमा जोड दिनु  भएको थियो ।

त्यस्तै नेपाल औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल, उद्योग वाणिज्य सङ्घ गण्डकी प्रदेशका अध्यक्ष सञ्जीव कोइराला, औषधि व्यवसायी सङ्घका निवर्तमान अध्यक्ष बाबुराम भट्टराईलगायतले नेपाल औषधि व्यवसायी सङ्घको महाधिवेशनको सफलताको कामना गर्नुभभएको प्रस्तुत महाधिवेशनले संघको नयाँ कार्य समिति समेत निर्वाचित गर्ने छ भने महाधिवेशनमा २७० प्रतिनिधि र पर्यवेक्षक गरी ३५० जनाको सहभागिता रहेको हाम्रा सहकर्मीले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु