शुक्रबार, चैत्र १६, २०८०

एक वर्षको समयसिमामा सरकारले ईतिहास रचेको मन्त्री महासेठको दाबी

काठमाडौ चैत २५ ,  भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आज राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा वोल्दै वर्तमान सरकारले एक वर्षको समयसिमामा कसैले गर्न नसकेको काम गरेर ईतिहास रचेको दाबी गरेका छन् ।

त्यस्तै मन्त्री महासेठले मुलुकमा तीन तहका सरकारको निर्माणसंगै यसको कार्यान्वयनका लागि योजनाको बाँडफाँडमा केहि अलमल भएको अवस्थाका वीच पनि आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमै ८ सय किलोमिटर रोड पिच गरेको पनि दाबी गर्दै  सरकारले विकास निर्माणका कामलाई पनि द्रुत गतिमा अघि बढाएको बताएका छन ।

त्यस्तै उहाँले यसवीचमा पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणको काम सुरु भैसकेको जनाउ दिदै समग्र यातायात क्षेत्रलाई व्यवस्थित् गर्नको लागि यातायात प्राधिकरण गठनकको तयारी लगायतका उल्लेख काम भइरहेको बताउँनु भएको छ ।

त्यस्तै उहँले निर्माण कार्यमा गलत मनशाय राखेका व्यक्ति र कम्पनीलाइलाइ सरकारले कारबाही गरिरहेको जनाउ दिदै पप्पु कन्स्ट्रक्शनलाई नेपालगञ्जको पुल ठेक्कामा ५ करोड ७२ लाख जरिवाना तोकिसकेको बताउँदै  राजधानीस्थित कालिमाटीको पुलनिर्माण प्रक्रियामा सम्पूर्ण दोषी निर्माण व्यवसायी रहेको जिकिर गर्दै पटक पटक नबनाउन निर्देशन दिँदादिँदैपनि रातिराति बनाएको बताए ।साथै उहँले जसरी पुल बनेको छ सरकारलाइ स्विकार्य नभएको बताए । त्यस्तै साक्षात्कारमा मन्त्री महासेठले निर्माण कार्यमा ढिलासुस्ती गर्नेलाई कारबाही आफ्नो मन्त्रालयले गर्ने बताउँदै यसमा गृह मन्त्रालयको सहयोगी भूमिकाको अपेक्षा गरेको बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।