शनिबार, बैशाख ८, २०८१

एक नम्वर प्रदेश स्तरिय तालिम सुरु

मोरङ्ग बैशाख ४,   नेपाल स्काउटको आयोजनामा प्रदेश स्तरिय स्काउट आधारभूत तालिम सुरु भएको छ ।  बिराटनगर स्थित केलेज रोडमा आयोजित तालिमको १ नम्वर प्रदेशका मुख्यमन्त्री शेरधन राईले एक कार्यक्रमका विच बुधबार उद्घाटन गर्नुभएको छ । कार्यक्रमको उद्दघाटन गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकार र नेपाल स्काउट विचको सहकार्य सुरु भएको घोषणा गर्नु भयो । आगामी आर्थिक बर्षबाट प्रदेशमा स्काउटको विकाश र विस्तारका लागी आवश्यक बजेट सहित एक विद्यालय एक युनिटको अवधारणा अगाडी बढाउने बताउनु भयो ।

अर्को एक सन्दर्भमा मुख्यमन्त्री राईले केही दिन भित्र नै प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्ने समेत बताउनु भयो ।
त्यसैगरी प्रदेश १ का सामाजिक विकासमन्त्री जिवन घिमिरेले स्काउट जिवन उपयोगी शिक्षा भएको हुदाँ हरेक युवा लक्षित कार्यक्रम अगाडी बढाउनु पर्ने धारणा व्यक्त गर्नु भयो । संशोधनको तयारीमा रहेको नेपाल स्काउट ऐनले प्रदेश स्तरमा सामाजिक विकास मन्त्रालयलाई नै सम्पर्क मन्त्रायको रुपमा रहने गरी अगाडी बढाएकोले आफु र आफ्नो मन्त्रालय स्काउटिङ्गको विस्तार गर्न तत्पर रहेको बताउनु भयो ।

उद्घाटन कार्यक्रमका सभापति समेत रहनु भएका नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीले नेपाल स्काउटको इतिहासमा पहिलो पटक यति ठुलो संख्यामा तालिम संचालन भएको बताउनु भयो । उहाँले एक नम्बर प्रदेशबाट सुरु भएको यो तालिम सातै प्रदेश पु¥याइने बताउनु भयो । संयोजक भण्डारी ६० हजार सदस्य संख्या रहेको नेपाल स्काउटमा सन् २०२० सम्ममा ३ लाख सदस्य संख्या पु¥याउने लक्ष अनुरुप प्रदेश स्तरिय तालिम सुरु गरिएको बताउनु भयो ।  प्रदेश नं १ का १ सय ३७ स्थानियतहबाट ५ सय २४ जनाको स्काउट तालिममा सहभागी रहेको नेपाल स्काउटका स्काउट लिडर राजिव खत्रीले जानकारी दिनुभयो । तालिम बैशाख ८ गतेसम्म पूर्ण आवासिय रुपमा सञ्चालन हुने छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।