शुक्रबार, चैत्र १६, २०८०

उपत्यकामा बढ्दो अतिक्रमित फुटफाट नियन्त्रणका लागि महाशाखा अभियान सञ्चालनमा

काठमाडौ चैत २३, महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा बढ्दो ट्राफिक समस्याको मुल कारण सडकको फुटपाथ अतिक्रमण भएको ठहर गर्दै अतिक्रमित फुटफाट नियन्त्रणका लागि अभियान सञ्चालन गर्ने भएको छ ।

ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण सुधार कार्ययोजना–२०७५’ अन्तर्गत्म हाशाखाका अनुसार बढ्दो फुटफाट अतिक्रमीत क्षेत्र अन्र्तगत पुरानो बानेश्वरदेखि सिनामंगलसम्म, पिंगलास्थानदेखि गौशालाचोकसम्म, कोटेश्वर वरिपरी, नयाँ बानेश्वरदेखि पुरानो बानेश्वरसम्म, त्रिपुरेश्वरदेखि कलंकी र चाबहिलदेखि जोरपाटीसम्म, थापाथलीदेखि लगनखेलसम्मका फुटपाथ पसल तथा पार्किङ हटाउइने भएको छ ।

त्यस्तै अभियान संगै महाशाखाले करिडोर खोल्ने, जेब्राक्रसिङ र लेनलाई विशेष व्यवस्थापन गर्ने, बस पकेट नियमन गर्ने, आकाशेपुल निर्माण गर्ने, ट्राफिक भोलेन्टिर निर्माण गर्नेलगायत कार्ययोजना समेत अगाडि सार्ने जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।