बुधबार, बैशाख १२, २०८१

उद्धारमा जुट्न काङ्ग्रेस सभापति देउवाको आग्रह

काठमाडौ चैत १८,  नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बारा र पर्सामा आइतबार साँझ आएको असिना–पानीसहितको भीषण हावाहुरीका कारण ३ दर्जन बढी व्यक्तिको अकालमै ज्यान गएको र सयौँको सख्यामा घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

सभापति देउवाले जारी गर्नु भएको विज्ञप्तिमार्फत प्राकृतिक विपद्का कारण दिवङ्गत हुनुभएका सबैप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै घाइते भएकाको तत्काल उद्धार गरी आवश्यक सम्पूर्ण उपचारको व्यवस्था गर्न र मृतकका परिवारलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था तत्काल गर्न सरकालाई आग्रह गर्नुभएको छ ।

त्यस्तै विज्ञप्तिमा सभापति देउवाले काङ्ग्रेस पार्टीको तर्फबाट उपसभापति विमलेन्द्र निधि प्रभावित क्षेत्रमा जानुभएको जनाउँदै सम्बन्धित क्षेत्रका पार्टीका केन्द्रीय सदस्यहरु एवं प्रदेश नं। २, काङ्ग्रेस संसदीय दलका नेता रामसरोज यादव तथा पार्टीका जिल्ला कार्यसमितिहरु, भ्रातृ एवं शुभेच्छुक संघ–संस्थालाई समेत घाइतेको उद्धार, पुनस्र्थापना र राहतमा जुट्नका लागि निर्देशन पददै मानवीय संवेदनाको यस दुःखद घडीमा तत्काल राहत र उद्धारका लागि सक्रिय रहन आग्रह गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।