शनिबार, बैशाख ८, २०८१

आस्था र विचारकै आधारमा पत्रकारलाई पक्राउ गर्ने प्रवृतिविरुद्ध महासंघ आन्दोलित

सम्पादक महर्जनलाई तत्काल रिहा गर्न दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने

काठमाडौ बैशाख ९,  नेपाल पत्रकार महासंघ आज बसेको उपलब्ध केन्द्रीय समितिको २०७६ आकस्मिक वैठकले सर्वोच्च अदाललतले रिहा गर्ने आदेश दिएलगत्तै अदालत परिसरबाट पक्राउ गरिएका ‘न्हुगु ज्वजलपा वाःपौं’ का सम्पादक जितेन्द्र महर्जनलाई तत्काल रिहा गर्न दबाबमूलक कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको छ । साथै बैठकले आस्था र विचारकै आधारमा पत्रकारहरुलाई पक्राउ गर्ने तथा कार्य स्थलमा काम गर्न अवरोध गर्नेकार्य तत्काल बन्द गर्न सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

महासंघका महासचिव रमेश विष्टद्दारा जारी विज्ञप्त्मिा पक्राउ गरिएका पत्रकारको रिहाई एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताका लागि महासंघको दबाब अभियानलाई थप प्रभावकारी रुपमा अघि बढाउने क्रममा वैशाख १० देखि १८ गतेसम्म राजनीतिक पाटीका प्रमुख नेताहरु, पूर्वप्रधानमन्त्रीहरु, संघीय संसद्का सभामुख र राष्ट्रियसभाका अध्यक्ष, संसद्मा रहेका विभिन्न राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरु एवं राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्षलाई ध्यानाकर्षणपत्र बुझाउँने कार्यक्रम समेत तय गरेको जनाएको छ ।

त्यस्तै दवाव अभियान अन्र्तगतनै केन्द्र, प्रदेश र स्थानीय तहमा पेशागत संस्थाका पदाधिकारी, पत्रकार संघसंस्थाका नेतृत्व, सञ्चारमाध्यमका सम्पादक तथा नागरिक समाजका अगुवासँग प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताका लागि साझा अभियान सञ्चालन सम्बन्धमा आवश्यक छलफल सहित बैशाख १८ गते राजधानी काठमाडौं सहित सात वटै प्रदेशका राजधानी रहेका स्थानमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि वृहद् ऐक्यवद्धता ¥यालीको आयोजना गरिने भएको छ ।

त्यस्तै विज्ञप्त्मिा राष्ट्रिय मानवअधिकार आयोगसम्बन्धी प्रस्तावित विधेयकमा आयोगका अधिकार खुम्च्याउने प्रावधानहरु राखिएकोमा त्यसप्रति गम्भीर आपत्ति प्रकट गर्दै आयोगलाई थप स्वायत्तता र अधिकार सम्पन्न बनाउने गरी कानुनमा संशोधन गर्न माग गरर्दै मुलुकीसंहिता ऐनसहित संसद्मा विचाराधीन अवस्थामा रहेका तथा सरकारले मस्यौदा गरिरहेका सञ्चारसम्बन्धी कानुनमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गर्न माग गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।