शुक्रबार, चैत्र १६, २०८०

अव कोटेश्वरमा पनि ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू

काठमाडौं वैशाख १६ , ट्राफिक प्रहरी, काठमाडौं महानगरपालिका र यातायात व्यवसायीले राजधानीमा बढ्दो अव्यवस्थित ट्राफिकजामको समस्यालाइ न्यूनिकरण गर्ने लक्ष्य सहित आइतबारदेखि कोटेश्वर चोकमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरेको छ । सवारी साधनले यात्रु कुर्दा जाम अत्याधिक हुने गरेपछि उक्त व्यवस्था लागू गरिएको हो ।

अत्याधिक सवारी साधनको आवतजावत हुँने मुख्य सडककको रुपमा रहेको कोटेश्वर चोकमा मा पिक एण्ड ड्रप लागू गरेसँगै काभ्रे जगाती नाका हुँदै आउने सवारी साधनलाई काठमाडौँ भित्रन सहज हुने ट्राफिक प्रहरीको भनाइ रहेको छ ।

यसअघि जमल, पुरानो बसपार्क, शहीदगेट, एनए, लैनचौर क्षेत्रमा उक्त व्यवस्था लागू गरेसंगै यस क्षेत्रमा हुने गरेको समस्या समाधान उन्मुख रहेको अवस्थालाइ दृष्टिगत गर्दै आगामी दिनमा उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त तथा दुरुस्त बनाउन उपत्यकाका विभिन्न स्थानमा उक्त व्यवस्था लागू गर्ने सरोकारवाला निकायाको सहकार्यमा महाशाखाले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।