बुधबार, बैशाख १२, २०८१

अन्तत चौतर्फी दवावपछि अतिक्रमित खुलामञ्चको सटरमाथि चल्यो डोजर

काठमाडौ बैशाख १४,  खुलामञ्च अतिक्रमण गरेर बनाईएका सटर काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । नियोजितरुपमा राजधानीको खुला मञ्च अतिक्रमण गर्दै आर्थिक लाभ सहित बन्द मञ्च बनाउँने लक्ष्य सहित ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सले राजधानीको खुलामञ्च अतिक्रमण गर्दै व्यापारिक प्रयोजनका लागि सटर बनाएको भन्दै स्थानीय विभिन्न संघ संस्थाको दबाबसंगै महानगरले शनिबार डोजर चलाउँदै महानगरले संरचना भत्काएको हो ।

यसअघि शुक्रवार काठमाडौ क्षेत्र नम्बर ६ का संघीय संसद सदस्य भीमसेनदास प्रधानसहितको टोलीले आज खुला मञ्च अतिक्रमण गरि बनाईएको सटर प्रकरण अन्र्तगत काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यलाइ ध्यानाकर्षणपत्र बुझाउँदै गर्दा महानगर प्रमुख शाक्यले अनाधिकृतरुपमा बनेको ती सटर भत्काउँने प्रतिवद्धता व्यक्त गरेका थियो ।

भ्यु टावर निर्माण कम्पनी जलेश्वर स्वच्चन्द बिकोई बिल्डर्सलाई खुलामञ्चमा ट्राफिक प्रहरीको एउटा बिट, एउटा टिकट काउन्टर, एउटा चमेनागृह, एउटा औषधी पसल र दुईवटा शौचालय र दुईवटा यात्रु प्रतीक्षालय गरी जम्मा ८ वटा संरचना सञ्चालन गर्न अनुमति दिएको हो ।महानगरपालिकासँग भएको उक्त लिखित सम्झौताको कागज किर्ते गरेर जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सले हाल खुलामञ्चको अस्थायी बसपार्कमा कामपाका जिम्मेवार अधिकारीहरुको मिलोमतोमा आथिर्क लाभ लिदै ५१ वटा अनाधिकृत सटर सञ्चालन गरेको थियो ।

सटर भत्काउने क्रममा ठूलो संंख्यामा नेपाल प्रहरी र महानगर प्रहरी परिचालन गर्दै सटर भत्काउने क्रममा खुलामञ्चमा काठमाडौका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य, महानगर प्रमुख विद्यासुन्दर शाक्य लगायतकोउपस्थिती रहेको थियो ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।