शनिबार, बैशाख ८, २०८१

अनावश्यक र अनुचित विवादमा नअल्झी पुनःनिर्माणको काम गर्न प्रम ओलीको निर्देशन

काठमाडौं बैशाख १२,  चौथो भूकम्प स्मृति दिवसका अवसरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र काठमाडौँ महानगरपालिकाले राजधानीमा आयोजना गरेको कार्यक्रममा वोल्दै प्रधानमन्त्री केपी ओलीले नेपाल भूकम्पीय जोखिमको क्षेत्र भएकाले प्रतिरोधी संरचना बनाउनुपर्नेमा जोड दिदै अनावश्यक र अनुचित विवादमा नअल्झी पुनःनिर्माणको काम गर्न निर्देशन दिनु भएको छ ।  साथै  उहाँले महानगरको मुख्यालय निर्माण गर्नेक्रममा हुँदै आएको अवरोध प्रति लक्षित गर्दै बागदरबार मासिइसकेकाले हरिशम्शेरको दरबारलाई फेरि बागदरबार भनेर विवाद गर्न नहुने बताउँनु भएको छ ।

त्यस्तै  चौथो भूकम्प स्मृति दिवसका  अवसरमा प्रम ओलीले  बिपत्तिको घडिमा    साथ दिने छिमकी तथा कुटनीतिक सम्बन्ध भएका मुलुक र दातृ निकायसंगै सम्वद्ध सवैमा  धन्यवाद ज्ञापन गर्दै नागरिकलाई सहज हुने काम गर्दा अरुले बिरोध गर्छ भनेर डराउन नहुने बताउँनु भएको छ ।

कार्यक्रममा काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्रका कतिपय घर अझै पुनःनिर्माण हुन नसकी टेको लगाएर राखिएकाले सहुलियत ऋणको व्यवस्था सहज बनाउनुपर्नेमा जोड दिदै महानगरले ले जे गरे पनि बिरोध गरिहाल्ने प्रबृत्तिका कारण पुननिर्माणमा समस्या परेको बताउँदै महानगरलाई असफल बनाउने प्रयास भइरहेको बताउँनु भएको छ ।

त्यस्तै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुशिल ज्ञवालीले पुरातात्विक सम्पदाबाहेक भूकम्पले क्षतिग्रस्त संरचना २० महिनामै पुनःनिर्माण सम्पन्न हुने प्रतिबद्धता व्यक्त गर्दै आपसी समझदारीमा काम गर्ने बताउँनु भएको छ । कार्यक्रमको समापनसंगै प्रधामन्त्री ओलीले वसन्तपुर दरबार क्षेत्रमा पुनःनिर्माण भइरहेका सम्पदाको अवलोकन गर्नुभयो । पुनःनिर्माण भइरहेको काष्ठमण्डप लगायत निर्माणको क्रममा रहेको सम्पदाको उहाँले अभिरुचिपूर्वक निरीक्षण गर्नुभएको थियो ।  फोटो :विष्णु विष्ट

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।