काठमाडौं चैत २४ , स्थानीय सरकार सञ्चालनका लागि आवश्यक पर्ने चार वटा विधेयक स्वीकृत गर्दै आइतबार काठमाडौं महानगरपालिकाको चौथो नगर सभा सम्पन्न भएको छ । काठमाडौं महागरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षमा सम्पन्न सभामा उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गी, प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइराला, कार्यपालिका सदस्य र वडा सदस्यहरु उपस्थित हुनुहुन्थ्यो ।
नगर सभा सञ्चालन गर्दै सभाका अध्यक्ष एवं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले कानून तर्जुमा गर्ने अधिवेशन भएकोले, सभा सहरी व्यवस्थापनका आवश्यक पर्ने कानुन तर्जुमा गर्न अधिवेशन केन्द्रीत भएको बताउनुभयो । बिधिको शासनमा कानुनी आधार महत्बपूर्ण शुो बताउँदै संविधानले स्थानीय तहलाई दिएका एकल र साझा अधिकारका सूचीबाट प्राप्त जिम्मेवारीलाई पूरा गर्न अहिले तर्जुमा भएका कानूनले सहज बनाउने धारणा राख्नुभएको थियो ।
त्यस्तै उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले कानून निर्माण चित्त बुझ्दो ढङ्गबाट अघि बढेकोले यसका व्यवस्था कार्यान्वयन गरेर नागरिकलाई जनप्रतिनिधि भएको महसुस गराउनु पर्ने धारणा अभिव्यक्त गर्दै गर्नु भएको चौथो नगर सभाले काठमाडौँ महानगरपालिका सहरी योजना आयोग गठन तथा सञ्चालन कार्यविधि विधेयक , २०७५, काठमाडौँ महानगरपालिका सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयक,२०७५, काठमाडौँ महानगरपालिका विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन विधेयक , २०७५, काठमाडौँ महानगरपालिका सवारी तथा यातायात व्यवस्थापन विधेयक २०७५ पारित गरिएको छ ।
त्यस्तै सभाले चालु आर्थिक वर्षको स्वीकृत बजेटका विभिन्न शीर्षकबाट खर्च हुन नसकेको ६७ करोड १० लाख रकम तत्काल कार्यान्वयन गर्न जरुरी महत्वका कार्यक्रमका लागि रकमान्तर गरिएको छ भने कामपामा विद्युतीय शासनलाई प्रभावकारी बनाउने घोषित नीति अनुरुप सम्पूर्ण तथ्याङ्क संकलन गर्नका लागि बजेट थप गरेको छ । जस अन्तर्गत जीआईएस डाटा कलेक्शन शीर्षकमा तीन करोड ८७ लाख कम थप गरिएको छ । नेपाल एम्बुलेन्स सेवा सञ्चालन खर्च अनुदान शीर्षकमा खर्च हुन नसकेको रकम रकमान्तर गरिएको छ । त्यसैगरी संयन्त्र उपकरण दमकल खरिद शीर्षकमा १३ करोड०, ब्रुमर खरिद शीर्षकमा १० करोड रकमान्तर गरिएको छ ।
त्यसैगरी संघीय संसद कोषबाट सञ्चालन हुने स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम, प्रदेश सरकारको सशर्त अनुदानबाट सञ्चालन हुने कार्यक्रम, जग्गा विकास कार्यक्रम लगायतका शीर्षकमा पनि रकम थप गरिएको छ । महानगर विशेष कार्यक्रम अन्तर्गत शीर्षकको रकम कम गरिएको छ । यससँगै हनुमानढोका दरबार संरक्षण कार्यक्रमको ३९ लाख रुपैयाँ बजेट पनि रकमान्तर गरिएको छ । मुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइराला, कार्यपालिका सदस्य र वडा सदस्यहरुको उपस्थिति रहेको थियोे ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- काँग्रेस पदाधिकारीको बैठक मङ्गलबार
- प्रेस सङ्ग्रहालयप्रति सरकार सकरात्मक: सञ्चार मन्त्री कार्की
- बढ्यो कोभिड संक्रमितको सख्या ,काठमाडौं उपत्यकामा मात्र १७२ जना सक्रिय सङ्क्रमित
- विभागको विस्तारित अनलाइन सेवालाइ थप विस्तारित गर्दै अगाडि बढाउनुपर्नेमा मन्त्री कार्कीको जोड
- पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सर्तक रहन विभागको आग्रह
- आज सत्ता साझेदार दल माओवादीको केन्द्रीय समिति बैठक बस्दै
- निजगढ विमानस्थल निर्माणकार्य तदारुकताका साथ अगाडि बढाउँन प्रम देउवाको निर्देशन
- सत्तागठबन्धनको हस्ताक्षर संकलन अभियानसंगै मुख्यमन्त्री पाण्डेले सरकारको नेतृत्व छाड्दै
- बाजुराको बूढीगङ्गा नगरपालिकामा असार २३ गते स्थानीय तहको निर्वाचन हुने
- महानगरको आर्थिक विधेयक संशोधनसहित पारित
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- वाम घोषणापत्र जारी गर्दै ओलीले भने -एमाले–माओवादी मिल्दा कांग्रेसले किन खुट्टा बजार्नुपर्यो ?
- आयोगद्दारा समानुपातिकतर्फ ६ हजार ९४ जना उम्मेदवारको नामावली सार्वजनिक
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान