शनिबार, माघ १५, २०७८

वरिष्ठ पत्रकार श्रेष्ठको निधा , महासंघ स्तब्ध

काठमाडौ बैशाख ४, वरिष्ठ पत्रकार एवं कामना न्युज पब्लिकेसनका प्रधानसम्पादक र नेपाल मिडिया सोसाइटीका संस्थापक अध्यक्ष पुष्करलाल श्रेष्ठको उपचारका क्रममा आज ६० वर्षको उमेरमा निधन भएको छ । उहाँको थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा उपचारका क्रममा आज निधन भएको हो । श्रेष्ठको करीब साढे पाँच महिना अघि नाकमा समस्या भएका कारण राजधानीको वयोधा अस्पतालमा नाकको र ब्लुक्रस अस्पतालमा मिर्गौलाको पत्थरीको शल्यक्रिया गरिएको थियो । त्यस बेलासम्म उहाँको स्वास्थ्य स्थिति सामान्य रहे पनि मिर्गौलाको पत्थरीको शल्यक्रिया पश्चात उहाँमा थप समस्या देखिँदै आएको थियो । चिकित्सकहरुले उहाँलाई  Guillain-Barré syndrome (GBS) virus को सङ्क्रमण भएको आशङ्का गरेपछि भारतको हरियाणास्थित मेदान्त अस्पताल ‘रिफर’ गरे पनि उपचार कार्यले सफलता पाउन सकेन ।

काठमाडौ ल्याएपछि केही समय नर्भिक अस्पतालमा नै राखेर औषधि उपचार गर्नुका साथै फिजियो थेरापीलगायतका विधिबाट उपचार गरिएको र स्वास्थ्य अवस्था सामान्य बन्दै गएको स्थितिमा घरमा नै राखेर फिजियो थेरापीलगायतका विधिबाट उपचार गर्न सकिने चिकित्सकको परामर्शअनुसार भैंसेपाटीस्थित निवासमा राखिएको थियो । यसरी उहाँको नियमित उपचार प्रक्रिया चल्दै गर्दा फेरि उहाँमा गम्भीर स्वास्थ्य समस्या देखा परेपछि एक महिना अघि नेपाल मेडिसिटी अस्पताल पु-याएर सघन उपचार कक्षमा उपचार गरिएको थियो । नेपाल मेडिसिटी अस्पतालको सघन उपचार कक्षमा उपचारमा उहाँको उपचार गर्दै गर्दा स्वास्थ्य स्थिति जटिल र स्थिर अवस्थामा नै रहेपछि पहिलेदेखि नै उहाँको उपचारमा संलग्न चिकित्सकसँगको परामर्श र भारतीय चिकित्सकको सुझाव अनुरुप पुनः नर्भिक अस्पतालमा नै राखेर उहाँको उपचार हुँदै आएको पब्लिकेसन्सले जनाएको छ । स  हुनुहुन्थ्यो ।

उहाँले न्यूनतम पारिश्रमिक निर्धारण समिति, राष्ट्रिय समाचार समिति   नेपाल प्रेस इन्स्टिच्युट, सम्पादक समाज नेपाल, नेपाल प्रेस क्लब, प्रेस काउन्सिल नेपालमा कार्यकारी सदस्यका रुपमा समेत योगदान दिनुभएको थियो । श्रेष्ठले नेपालको प्रथम चलचित्र प्रतियोगिताको सल्लाहकार भई सेवा दिनुभएको थियो । उहाँ राष्ट्रिय फुटबल खेलाडीसमेत हुनुहुन्थ्यो । प्रबल गोरखा दक्षिण बाहु, त्रिशक्ति पट्ट, वीरेन्द्र ऐश्वर्य सेवा पदक, प्रेस काउन्सिल अवार्डलगायतबाट सम्मानित उहाँ पत्रकारिताका प्रशिक्षकसमेत हुनुहुन्थ्यो । श्रेष्ठको पार्थीव शरीर आज भूगोलपार्कमा श्रद्धाञ्जलिका लागि राखिने र त्यसपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने    बताईएको छ।  श्रेष्ठका श्रीमती र तीन छोरा हुनुहुन्छ ।

यसैवीच नेपाल पत्रकार महासंघले सदस्य तथा कामना न्यूज पब्लिकेसन्सका प्रधानसम्पादक वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको ६० वर्षको उमेरमा आज विहान उपचारको क्रममा निधन भएको दुःखद् खवरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको जनाएको छ। महासंघका महासचिव रमेश विष्टद्दारा जारी विज्ञप्तिमा श्रेष्ठको स्वास्थ्यमा विभिन्न समस्या देखिएपछि भारतको मेदान्त अस्पताल हुँदै पछिल्लो समय काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचार भैरहेको उल्लेख गरिएको  छ ।

त्यस्तै विज्ञप्तिमा श्रेष्ठको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक योग्य, अनुभवी, व्यावसायिक र सक्रिय पत्रकारलाई गुमाए जिकिर गर्दै उहाँले पत्रकारिता क्षेत्रमा पु-याउनु भएको योगदानको नेपाली पत्रकारिता जगत्ले सदा स्मरण गरिरहने उल्लेख गर्दै महासंघले स्वर्गीय श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुको अलावा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारणको कामना गर्दै गहिरो समवेदना प्रकट गरेको छ ।  साथै महासंघको उपत्यका प्रदेश समितिका महासचिव श्रीजन झाले पनि वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको ६० वर्षको उमेरमा आज विहान उपचारको क्रममा निधन भएको दुःखद् खवरले उपत्यका प्रदेश समिति स्तब्ध भएको जनाउँदै दु:ख व्यक्त गरेको छ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु