सोमवार, असार २०, २०७९

यस्तो छ राष्ट्रपति भण्डारीको ९ दिने राजकीय चीन भ्रमणको कार्यतालिका

काठमाडौ वैशाख ९,  चिनियाँ राष्ट्रपति सी चीनफिङको निमन्त्रणामा राष्ट्रपति विद्यादेवी भण्डारी वैशाख ११ गते ९ दिने राजकीय भ्रमणका लागि चीन भ्रमणमा जाँदै हुनुहन्छ ।  भ्रमणको क्रममा दोस्रो बेल्ट एण्ड रोड फोरमसमेत गरी तीन महत्वपूर्ण कार्यक्रममा सहभागी हुनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि तत्कालीन राष्ट्रपति डा रामवरण यादव पछि उहाँले चीनको राजकिय भ्रमण गर्नु लाग्नु भएको हो ।

राष्ट्रपति भण्डारीको चीनको राजकीय भ्रमणको जानकारी दिन आइतवार मन्त्रलायमा आयोजित कार्यक्रममा दिईएको जानकारी अनुसार वैशाख ११ देखि १९ गतेसम्म हुने चीनको भ्रमणका क्रममा बेइजिङमा आयोजना हुने ‘सेकेण्ड बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन’मा सहभागी हुनुको अलावा चिनियाँ समकक्षी सीले आयोजना गर्ने राजकीय भोज तथा अन्तर्राष्ट्रिय फलफूल प्रदर्शनीको उद्घाटन कार्यक्रममा सहभागी हुनु हुने बताईएको छ ।

त्यस्तै यसवीचमा राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षीबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता एवम् सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने समेत हुने बताईएको छ । त्यस्तै भ्रमणकै क्रममा राजधानी राष्ट्रपति भण्डारीले चिनियाँ र नेपाली व्यापारिक समुदायको कार्यक्रमलाइ सम्बोधन गर्ने कार्यक्रम समेत रहेको मन्त्रालयले जनाएको छ ।

साथै यसवीचमा चीनको स्वशशासित क्षेत्रको राजधानी ल्हासाको भ्रमण उच्चस्तरिय भेटवार्ता लगायतका कार्यक्रम समेत रहेको बताईएको छ । भ्रमणदलमा राष्ट्रपति भण्डारीका साथ प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सङ्घीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी, चीनका लागि नेपाली राजदूत, उद्योगी–व्यवसायी र सञ्चारकर्मी लगायतको सहभागीता रहने मन्त्रालयले जनाएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु