सोमवार, असार २०, २०७९

भक्तपुरमा ८ रात ९ दिनसम्म मनाइने बिस्केट जात्रा आजबाट शुरु

भक्तपुर चैत २७,  भक्तपुरमा ८ रात ९ दिनसम्म मनाइने बिस्केट जात्रा आजबाट शुरु हुने भएको छ ।  आज जात्राको पहिलो दिन तान्त्रिक विधिअनुरूप निर्माण गरिएको भैरव र भद्रकालीको रथ टौमढीबाट भक्तपुरको माथिल्लो क्षेत्र क्वाछें, साकोथा, सुकुलढोका, गोलमढी क्षेत्र तर्फ तानि रथलाई तल्लो क्षेत्रमा गःहिटी पु-याई पहिलो दिनको रथयात्रा विसर्जन गर्ने परम्परा रहेको छ । त्यसपछि चैत्र मसान्तमा ईन्द्रध्वजासहितको लिङ्गो उठाई वैशाख १ गते राति लिङ्गो ढाल्ने गरिन्छ भने वैशाख १ गते भक्तपुरको भेलुखेलमा ठूलो मेला लाग्ने गर्दछ ।   जात्रालाई व्यवस्थित र मर्यादित बनाउन सुरक्षा व्यवस्थामा कडाइ गरिएको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ । जात्राको सुरक्षार्थ नेपाल प्रहरी ,सशस्त्र प्रहरी र र सादा पोशाकका प्रहरी गरी पाँच सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जनाएकोछ ।

 

बिस्केट जात्राको किम्बदन्तीअनुसार: परापूर्वकालमा भक्तपुरमा एक प्रतापी र अद्भूत सुन्दरी राजकुमारी थिइन् । ती राजकुमारीलाई बिहे गरे राजगद्धी पाइने भएपछि धेरै राजाले तिनीसँग बिहे गरे तर बिहेकै रात राजकुमार मर्ने गर्दथ्यो । राजाले आफ्नो सयन कक्षबाट हरेक बिहान शव उठाई मसानघाटसम्म पु९याउने मलामी गुठी नै स्थापना गरेका थिए । अन्तमा एक बुद्धिमानी राजकुमारले ती राजकुमारीसँग बिहे गरे । राति राजकुमारी निदाएपछि उनको नाकको प्वालबाट दुईवटा स–साना नागनागिनी निस्केर अजिङ्गरको रूपधारण गरी राजकुमारलाई डस्न लाग्दा राजकुमारले आफ्नो खड्गले काटेर दुई टुक्रा पारिदिए । ती नागनागिनीले प्राण त्याग गर्ने बेलामा अब हामी दुवै एकै ठाउँमा मर्न लाग्यौँ, हामी प्राण त्याग गरेर गएपछि हाम्रो पुरुषार्थ देखाउन सबैले देख्ने गरी जात्रा चलाइदिनु भने । यसरी अजिङ्गरको स्वरुप हुने नागनागिनी मारिएको खुसियालीका साथ यो जात्रा मनाउन थालिएको भनाइ छ । नागनागिनीको अन्तिम इच्छाअनुसार ६० हात लामोे लिङ्गो ल्योसिंखेलमा ठड्याएर एकजोडी विश्व ध्वजा राख्ने गरिन्छ । लिङ्गोमा आठवटा डोरी रहेको हुन्छ, जसमा अष्टमातृका गण अङ्कित हुन्छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु