शनिबार, माघ १५, २०७८

‘दी १०० हिरोज् अफ मधेशको’ घोषणा

काठमाडौं बैशाख ३,   तराई मधेशमा सक्रिय युवाहरुमा नेतृत्व र क्षमता विकास गर्ने उद्देश्यले आयोजना गरिएको ‘दी १०० हिरोज् अफ मधेश’को उपाधि सप्तरीका सामाजिक अभियन्ता प्रकाशमणि राउतसहित पाँच जनाले जितेका छन्।

विभिन्न विधामा भएको छनोटमा मधेशका उदीयमान युवाहरुमा प्रकाशमणि राउतले लोकप्रिय भोट पाएर विजेता चयन भएका हुन्। प्रकाशमणिसँगै नरेन्द्र पासवान, रामविलास चौधरी, राकेशरोशन यादव र सरफुल्लाह अन्सारीले पनि मधेशका उदीयमान युवाहरुको सूचीमा आफूलाई सुरक्षित गरेका छन्।

महिला सशक्तीकरणतर्फ चाहिँ मुन्नी श्रीवास्तव, प्रमिशा मिश्रा, पुष्पा यादव, शोभादेवी मण्डल र सुनिताकुमारी साह विजेता भएका छन्। सामाजिक, आर्थिक, राजनीतिक, कला, साहित्यसहित विभिन्न १० वटा विधामा प्रतिभाहरुको चयन गरिएको आयोजक मधेशी पत्रकार समाजले जानकारी दिएको छ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्ड लगायत विभिन्न क्षेत्रका अगुवाहरुले पुरस्कार वितरण गरेका थिए।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु