शनिबार, असार १८, २०७९

खुलामञ्च अतिक्रमण प्रकरण: अतिक्रमित संरचना भत्काउ महानगर प्रमुखलाइ ध्यानाकर्षण सहितको अल्टिमेटम

महानगर उपप्रमुख खडुगीको असहयोगका कारण समस्या सिर्जना यद्यपी अतिक्रमित संरचना भत्काइने प्रमुख शाक्यको जनाउ

काठमाडौ बैशाख १३ , नियोजितरुपमा राजधानीको खुला मञ्च अतिक्रमण गर्दै आर्थिक लाभ सहित बन्द मञ्च बनाउँने लक्ष्य सहित ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सले राजधानीको खुला मञ्च अतिक्रमण गर्दै गरी बनाइएका सटर तथा स्टल यही वैशाख मसान्तसम्म हटाउन स्थानीयवासीले काठमाडौं महानगरपालिकालाइ समयासिमा दिएको छ ।

काठमाडौँ क्षेत्र नम्बर ६ का संघीय संसद सदस्य भीमसेनदास प्रधानसहितको टोलीले आज खुला मञ्च अतिक्रमण गरि बनाईएको सटर प्रकरण अन्र्तगत काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यलाइ ध्यानाकर्षणपत्र बुझाउँदै यस्तो समयसिमा दिएको हो ।

त्यस्तै ध्यानाकर्षणपत्रमा भनिएको छ, “सार्वजनिक रुपमा राखिएको व्यावसायिक सटरहरु तत्काल हटाउनुपर्छ सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुपर्ने जिकिर गरिएको ध्यानाकर्षणपत्र बुझ्दै महानगर प्रमुख शाक्यले अतिक्रमण गरी बनाइएको सबै संरचना भत्काउने तयारी भइरहेको बताउँदै महानगर उपप्रमुख हरिप्रभा खड्गीको असहयोगका कारण विद्यमान समस्या सिर्जना भएको बताउँनु भएको छ ।

त्यस्तै उहाँले उपप्रमुख खड्गीले खुलामञ्चमा राजनीति गरिरहेको आरोप लगाउँदै उपमेयरलाई अनुगमनको जिम्मा दिएको तर उहाँबाट कार्य सम्पादन नभएको बताए । यद्यपी खुला मञ्चमा बनेका ती संरचना र भत्काइे बताउँनु भएको छ ।

समाचार स्रोतका अनुसार खुलामञ्च अतिक्रमण प्रकरणमा तत्कालीन कामपा प्रमुख तथा प्रशासकीय अधिकृत रुद्रसिंह तामाङदेखि हाल कामपाका जिम्मेवार अधिकारीहरुको मिलोमतो रहेको र यहि मिलोमतोमा कामपा प्रमुखसमेतको पछिल्लो पटक संल्गनता रहेको बताएका छन

 खुलामञ्च अतिक्रमण प्रकरण अन्र्तगत  निर्माण व्यवसायी र महानगरपालिकाबीच ०७३ चैत २४ गते पुरानो बसपार्कलाई ३ वर्षका लागि खुलामञ्चमा सार्ने सहमति भएको हो । यसवापत निर्माण कम्पनीले महानगरपालिकालाई वार्षिक ५० लाख बुझाउने सहमति भएको हो । यो सहमतिअनुसार भ्यु टावर निर्माण कम्पनी जलेश्वर स्वच्चन्द बिकोई बिल्डर्सलाई खुलामञ्चमा ट्राफिक प्रहरीको एउटा बिट, एउटा टिकट काउन्टर, एउटा चमेनागृह, एउटा औषधी पसल र दुईवटा शौचालय र दुईवटा यात्रु प्रतीक्षालय गरी जम्मा ८ वटा संरचना सञ्चालन गर्न अनुमति दिएको हो ।महानगरपालिकासँग भएको उक्त लिखित सम्झौताको कागज किर्ते गरेर जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सले हाल खुलामञ्चको अस्थायी बसपार्कमा ५१ वटा सटर सञ्चालन गरेको छ ।

उक्त कम्पनीले व्यवसायीबाट ५ लाख देखि १० सम्म सलामी लिएर र मासिक भाडा ४५ हजारसम्म लिएर ती सटर सञ्चालन गरेको छ । निर्माण कम्पनी र महानगरपालिकाबीच भएको सहमतिमा, “०७३ वैशाख १३ गते गरेको नक्साभन्दा विपरितको संरचना निर्माण गर्न पाइने छ,” भन्ने उल्लेख छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु