शुक्रबार, मंसिर १९, २०७७

कार्यपालिकालाई छलेर गरेको शुल्कवृद्धि निर्णय खारेज

काठमाडौं बैशाख १२, काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यको अध्यक्षतामा बुधबार बसेको शिक्षा समितिको बैठकले यस अघि ‘बिद्यालय बर्गीकरण तथा शुल्क अनुगमन समितिले वृद्धि गरेको शुल्क खारेज गरेको छ ।

बिद्यालय बर्गीकरण तथा शुल्क अनुगमन समितिले कार्यपालिकालाई छलेर गरेको शुल्क वृद्धि निर्णय खारेजीको बिषयमा जानकारी दिँदै मेयर शाक्यले संस्थागत बिद्यालयले शैक्षिक सत्र २०७५ मा लिइएको शुल्क मात्र लिन पाउने बताउनुभयो । संस्थागत बिद्यालयको शुल्कको बैज्ञानिकताका बिषयमा अध्ययन गरेर मात्र हामी निर्णय लिने बताउँनु भएको छ ।

प्रस्तुत शुल्क सम्बन्धि व्यवस्था साबिक जिल्ला शिक्षा कार्यालय हुँदै महानगरमा आएको र यसविषयमा महानगर नगर कार्यपालिकाले संस्थागत बिद्यालयको शुल्कका सम्बन्धमा कुनै निर्णय नगरेको उहाँको भनाइ रहेको थियो ।

बिद्यालय बर्गीकरण तथा शुल्क अनुगमन समितिले शैक्षिक सत्र २०७६ को आधारभूत तह कक्षा १ देखि ५ सम्म ‘घ’ बर्गमा पर्ने बिद्यालयको अधिकतम शुल्क १,६३० कायम गरेको थियो । गएको २ बर्षअघि यस बर्गका बिद्यालयको शुल्क १,१८१ रुपैयाँ थियो । त्यस्तै ‘ग’ बर्गका बिद्यालयको २,०२४, रुपैयाँ ‘ख’ बर्गका बिद्यालयको २,४१८ रुपैयाँ र ‘क’ बर्गका बिद्यालयको २,८१२ रुपैयाँ तोकिएको थियो ।

शैक्षिक सत्र २०७५ मा यस बर्गका बिद्यालयका लागि अधिकतम शुल्क क्रमशः १,५७५; १,९६९ र २,३६३ रुपैयाँ कायम थियो । आधारभूत तहकै कक्षा ६ देखि ८ सम्म ‘घ’ बर्गका बिद्यालयको अधिकतम् शुल्क १,९०१ रुपैयाँ, ‘ग’ बर्गका बिद्यालयको २,३५१ रुपैयाँ, ‘ख’ बर्गका बिद्यालयको २,८०१ रुपैयाँ र ‘क’ बर्गका बिद्यालयको ३,२५१ रुपैयाँ तोकिएको थियो । यस अघि यी बर्गका बिद्यालयको अधिकतम् शुल्क १,३५०; १,८००; २,२५० र २७०० रुपैयाँ थियो ।

माध्यमिक तहतर्फ कक्षा ९ र १० मा ‘घ’ बर्गमा पर्ने बिद्यालयको अधिकतम् शुल्क २,५३७ रुपैयाँ तोकेको थियो । थएको बर्ष यी बर्गका बिद्यालयको अधिकतम् शुल्क १,८३८ रुपैयाँ थियो । त्यस्तै शैक्षिक सत्र २०७६ का लागि ‘ग’ बर्गका लागि ३,१४९ रुपैयाँ, ‘ख’ बर्गका लागि ३,७६२ रुपैयाँ र क बर्गका लागि ४,३७३ रुपैयाँ अधिकतम् शुल्क तोकिएको थियो । यी बर्गका  बिद्यालयमा गएको बर्षको अधिकतम् शुल्क क्रमशः २,४५०; ३,०६३ र ३,६७५ रुपैयाँ थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु