आइतवार, अशोज ३, २०७८

मालपोत अधिकृतसहित ५ जनाविरुद्ध मुद्दा दायर ,कम्प्युटर अपरेटर केसी अख्तियारको नियन्त्रणमा

काठमाडौ बैशाख १०, अख्तियार दुरुपयोगअनुसन्धान आयोगले प्रहरी किताबखाना लैनचौरमा कार्यरत कम्प्युटर अपरेटर सुरज केसीलाई रु दश हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता प्रदीकुमार कोइरालाद्दारा जारी विज्ञप्तिमा निवृत्तिभरणको अधिकारपत्र बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रकम लिएको अभियोगमा आयोगको टोलीले आज कार्यकक्षबाट कम्प्युटर अपरेटर केसीलाई नियन्त्रणमा लिएको उल्लेख गरिएको छ ।

यसैवीच आयोगले गलत मनसाय राखी एउटा व्यक्तिको जग्गा अर्कैको नाममा पास गराएको अभियोगमा मालपोत कार्यालय धरानका तत्कालीन मालपोत अधिकृतसहित ५ जनाविरुद्ध आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आज मुद्धा दायर गरिएका अभियुक्तहरुमा क्रमस मालपोत कार्यालय धरानका तत्कालीन मालपोत अधिकृत फणिन्द्र भट्टराई, तत्कालीन नायब सुब्बा डिल्लीराम कोइराला, तत्कालीन सर्वेक्षक योगेन्द्रप्रसाद यादव, तत्कालीन खरिदार श्यामप्रसाद लो र धरान– १४ का कर्णबहादुर राईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

फिल्डबुकमा खगेन्द्र कुमारीको जग्गा भनी उल्लेख भएको जिल्ला सुनसरी, धरान नगरपालिका– ११ ग को कित्ता नं ३५ र ३६ का जग्गा खगेन्द्रकुमारी गिरीको मृत्युपश्चात् गलत मनसायले खगेन्द्रकुमारी राई बनाई नामसारी गरी बिक्री गरेको अनुसन्धानमा पाइएको आयोगले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु